मिष्टर हेन्डसमको लागि फाराम खुला


Mr-Handsome
ग्ल्यामर नेपाल, काठमाडौं । मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस्, एसएलसी प्रिन्सेस्, मिस टिन कलेज कार्यक्रमको निरन्तरतासँगै सिजन मिडियाले कलेजमा अध्ययनरत युवाहरुमा केन्द्रित गर्दै ‘मिस्टर हेन्डसम नेपाल २०१४’ को आयोजना गर्ने भएको छ । उपत्यकालगायत मोफसलका शहरहरुमा बढी मात्रामा युवतीहरुलाई मात्र ध्यानमा राखेर कार्यक्रमहरु हुँदै आएकोमा युवाहरुको पनि सहभागीतालाई ध्यानमा राखी मिडियाले पहिलोपटक यस्तो कार्यक्रम आयोजना गर्न लागेको हो ।

संस्थाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तका अनुसार युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपयोगी जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले कार्यक्रमलाई विस्तार गरिन लागिएको हो । ‘पहिलो चरणको संस्करणको लागि उपत्यकाबाट र उपत्यका बाहिरबाट जम्मा ३० प्रतियोगी समावेश गराइनेछ,’ वन्तले भने,‘ नेपाल अधिराज्यभर रहेका कलेजमा अध्ययनरत सम्पूर्ण युवाहरुलाई मध्य नजर राखी उनीहरुको व्यक्तित्व विकास साथै उच्च शिक्षाको अध्ययनमा सहयोग पु¥याउन कार्यक्रम आयोजना गर्न लागेका हौं ।’ प्रतियोगिताका लागि आयोजकले फाराम खुलाइसकेका छन् भने पहिलो चरणको छनोट आगामी भाद्र महिनामा हुनेछ ।

फाइनलका लागि छनौंट भएका सहभागीलाई कोरियोग्राफर रोजिन शाक्यले ग्रुमिङ गर्नेछन् । प्रतियोगिताका विजेताले शीर्ष उपाधी सहित २ लाख ३० हजार बराबरको मोटरसाइकल, उच्च शिक्षामा ५० हजार बराबरको छात्रावृत्ति साथै अन्य गिफ्टहयाम्पर पाउने छन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः २५ हजार बराबरको विभिन्न उपहारहरु प्राप्त गर्ने छन् भने १ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न १४ विधामा पनि विजेता छनौट गरिनेछ ।

SUBSCRIBE 👉