दर्जन कलाकारले तताउने भए हेटौंडा


sunita-dulal धर्मेन्द्र दाहाल, हेटौंडा । राष्ट्रिय औद्योगिक व्यापार मेलामा मनोरञ्जन प्रदान गर्न आउने कलाकारहरुले चिसो हेटौंडालाई तताउने भएका छन्। मकवानपुर उद्योग वाणिज्य संघ मकवानपुरले माघ ९ गतेबाट गर्न लागेको मेलामा करिब एक दर्जन चर्चित कलाकारहरुले प्रस्तुति दिने भएका हुन्।

मेला सफल बनाउन निर्माण गरिएको सांस्कृतिक तथा मनोरञ्जन उप–समितिका संयोजक गणेश भेटवालका अनुसार मेलालाई भब्य तथा मनोरञ्जनात्मक बनाउनको लागि माघ १० गतेबाट कलाकारहरुको प्रस्तुति रहने छ। सबै खाले दर्शकलाई ध्यान दिएर लोक, पप, हिपअप तथा हास्य कलाकारहरुलाई हेटौंडामा ल्याउने टुङ्गो भएको सह–संयोजक उज्वल चौलागाईको भनाई रहेको छ। मेलामा अवलोकन गर्न आउने अवलोकनकर्ताहरु सबैखाले हुने भएको कारणले आफुहरुले अहिले नेपालमा चर्चित रहेका कलाकारहरुलाई हेटौंडामा उतार्न लागिएको उनले बताए।
milan-amatya-and-shova-tripathi चौलागाईले दिएको जानकारी अनुसार मेलामा मिलन अमात्य, कमल खत्री, प्रमोद खरेल, कमलमान सिंह, हेमन्त शर्मा, कोमल ओलि, सुनिता दुलाल, खुमन अधिकारी, शोभा त्रिपाठी, गिरीश खतिवडा, बद्री पंगेनी, रमिला न्यौपाने, रामचन्द्र काफ्ले, जुनु रिजाल, रुपक डोटेल सुजिल कर्मचार्य तथा शिब परियारलगाएतका कलाकारले लाइभ प्रस्तुति दिनेछन्। त्यसैगरी हास्य कलाकाररु मुलाको साग, भद्रगोल टिम, हर्के हवल्दार टिम, हात्ती तथा स्थानीय चरी दादाको प्रस्तुति रहने आयोजकले जनाएको छ।

SUBSCRIBE 👉