अभिनेता पल शाहले पाए तनहुँ जिल्ला अदालतबाट सफाई


नाबालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ। मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो। पल शाहका म्यानेजर कृष्ण जोशीले पनि सफाइ पाएका छन्।

शाहमाथि बालिकालाई बलात्कार गरेको आरोप लगाउँदै नवलपरासी पूर्व र तनहुँ जिल्ला अदालतमा एकसाथ मुद्दा दायर गरिएको थियो। जिल्ला अदालत नवलपरासी पूर्व ले उनलाई नाबालिका यौन दुरुपयोग गरेको ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो। शाहले नवलपुर अदालतको फैसला विरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन्।

SUBSCRIBE 👉