लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल २०२३’ आयोजना हुने


विश्व बजारमा नेपाली फिल्मको प्रवर्धन गर्ने उद्धेश्यका साथ लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल २०२३’ आयोजना हुने भएको छ। थर्ड आइले आयोजना गर्न लागेको यो फेस्टिभल आगमी १८ फेब्रअरी देखि २५ फेब्रुअरी (८ दिन) सम्म चल्नेछ।

फेस्टिभलमा एक दर्जन हाराहारी नेपाली फिल्म देखाइनेछ। हलमा रिलिज भएका तर युट्युबमा नआइसकेका फिल्महरुलाई छनोट गरी फेस्टिभलमा देखाइने थर्ड आइका निर्देशक विकास देवकोटाले बताए। विकासका अनुसार ‘जीवन काँडाकी फूल’, ‘प्रकास’, ‘झिंगेदाउ’, ‘प्रेमगीत३’लगायत फिल्म फेस्टिभलका लागि छनोट भइसकेका छन्।

फेस्टिभलका लागि नेपालबाट एक दर्जनभन्दा बढी कलाकार लण्डन पुग्नेछन्। जसमा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, नीर शाह, करिश्मा मानन्धर, दिनेश डिसी, सन्तोष सेन, स्वस्तिमा खड्का, आँचल शर्मा, पुष्प खड्का, अनुपविक्रम शाही, रीमा विश्वकर्मालगायत रहेका छन्।

SUBSCRIBE 👉