अभिनेत्री तथा पूर्वमिस नेपाल सुवेक्षा खड्काले गरिन् इन्गेजमेन्ट


अभिनेत्री तथा पूर्वमिस नेपाल सुवेक्षा खड्काले इन्गेजमेन्ट गरेकी छन्। बिहीबार काठमाडौंको एक होटलमा उनले आफ्नो प्रेमी आश्वासन जोशीसँग इन्गेजमेन्ट गरेकी हुन्। दुवै पक्षका परिवार र आफन्तसहित साथीहरुको उपस्थितिमा गरिएको इन्गेजमेन्ट समारोहमा अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, पूर्वमिस नेपाल अश्मी श्रेष्ठ, अभिनेत्री सन्ध्या केसीलगायत उपस्थित थिए।

केही समयअघि आश्वासनले चितवनमा आफ्नो जन्मदिनको अवसर पारेर फिल्मी शैलीमा शुवेच्छालाई हिराको औँठी लगाइदिएर विवाहको प्रस्ताव राखेका थिए। शुभेच्छा र आश्वासन दुई वर्षयता प्रेम सम्बन्धमा थिए। उनीहरू यसैवर्ष विवाह गर्ने योजनामा छन्।

सुवेक्षाले इन्गेजमेन्टका तस्बिर साझा गर्दै आफ्ना भावी श्रीमान्का लागि मायाको वर्षा गरेकी छिन्।

सुवेक्षाले फिल्म ‘रणवीर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन्। तर फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्न सकेन। उनको आगामी फिल्म ‘प्रेमा’ चैत्र ४ गतेदेखि प्रदर्शन हुँदैछ। फिल्मलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन्।

SUBSCRIBE 👉