‘नरोए आमा…’ सार्वजनिक


Teej-Song
ग्ल्यामर नेपाल, काठमाडौं । पशुपति म्युजिक प्रालिले तीजका नयाँ गीतहरू समेटेर तीजका गीतको भीसीडी ‘नरोए आमा…’ बजारमा ल्याएको छ । चारवटा गीतका भिडियो संग्रहीत भीसीडी हालै मात्र सार्वजनिक भएको हो।

भिसिडीमा रहेको ‘सात तलाको घर’ र ‘आँखै बिगार्ने’ बोलको गीतमा खुमन अधिकारी र विमला तिमिल्सिनाको स्वर रहेको छ। दुइटै गीतको लय गायक अधिकारी र शब्द विष्णु न्यौपानेले लेखेका हुन् । भीसीडीमा पुश्कल शर्मा र देवी घर्तीको स्वरमा रहेका दुइटा गीत समेटिएका छन् । भीसीडीमा शंकर बीसी, पार्वती राईलगायत चर्चित मोडलले नृत्य गरेको पशुपति म्युजिकका शिव पौडेलले बताए।

SUBSCRIBE 👉