‘एक्स नाइनः लेभल वान’ फिल्म बाट किन बाहिरिए अनमोल के.सी.?


‘एक्स नाइनः लेभल वान’ फिल्म बाट अभिनेता अनमोल के.सी. बाहिरिएका छन्। मुकुन्द भट्टले निर्देशन गर्ने फिल्मको निर्धारित समयमा छायांकन सुरु हुन नसकेका कारण आफुले यो फिल्म छोड्नु परेको अनमोलको भनाई छ। फिल्मका लागि अनमोलले एक वर्षको समय दिँदै शरीर समेत मेन्टेन गरेका थिए। तर समयमा नै फिल्म छायांकन नभएपछि उनले यो फिल्ममा काम नगर्ने निर्णय गरेका हुन्।

गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म क्यानडा, युरोप र नेपालमा हुने समेत बताइएको थियो। ठूलै हल्लाका साथ निर्माण हुने भनिएको यो फिल्मले निर्माणको तयारी गरेको निकै लामो समय भयो।

फिल्मको मुख्य अभिनेत्रीमा मोडल नीति शाह पनि छानिएकी थिइन्। फिल्ममा अनमोलको अलवा सौगात मल्ल, पुष्प खड्का, निश्चल बस्नेत, राज कटुवाल लगायतका कलाकार समेत अनुबन्धित भएका छन्।

अनमोलले साइनिङ रकम समेत फिर्ता गरेर फिल्म नगर्ने निर्णय गरेको बताइन्छ। यो बिषयमा फिल्म निर्माण युनिटले आफ्नो आधिकारीक धारणा बाहिर ल्याएको छैन।

लिड एक्टरले नै फिल्म छाडेपछि ‘एक्स नाइन: लेभल वान’को भविष्य अन्योलमा परेको छ।

अनमोल यतिबेला ‘छड्के २’को स्वरांकनमा व्यस्त छन्। चाँडै ‘जेरी २’मा उनी व्यस्त हुनेछन्। त्यसपछि होमप्रोडक्सन फिल्म ‘पारस’ वा ‘माइतीघर २’मध्ये एक फिल्ममा उनी व्यस्त हुनेछन्।

SUBSCRIBE 👉