पहिलो पटक म्युजिक भिडियोमा नायिका उपासना सिंह ठकुरी


नायिका उपासना सिंह ठकुरी पहिलो पटक म्युजिक भिडियोमा देखिएकी छिन्। सिन्धुलीका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा नायक निराजन प्रधान सँग उपासना देखिएकी हुन्। “बिजुली” बोलको गीतमा गायक जनक ताम्राकारको स्वर, महेश ताम्राकारको शब्द र संगीत सुन्न सकिन्छ।

गीतको भिडियोमा निराजन र उपासनाको रोमान्टिक अवतार हेर्न सकिन्छ। भिडियोले काम गर्दै गरेको बखत विज्ञापनमा देखिएकी मोडललाई गरेको प्रेम कथालाई देखाएको छ।

सार्वजनिक गीतको भिडियोलाई हरि हुमागाईँले निर्देशन गरेका हुन्। थुप्रै म्युजिक भिडियो निर्देशन गरेका हुमागाईँले यस पटक पनि भिडियोमा एउटा फरक कथा बुनेका छन्।

भिडियोमा उत्तम हुमागाँइको छायांकन रहेको छ भने, प्रविन मानन्धरको वीएफएक्स, कलरिङ र सम्पादन रहेको छ। यस्तै, भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ भने, उदयराज पौडेलको एरेन्ज, शैलेन्द्र एम प्रधान (बाबु)को मिक्सिङ मास्टरिङ रहेको छ।

SUBSCRIBE 👉

यो पोस्ट साथीहरुलाई पनि सेयर गर्नुहोस्
Ads Blocker Image Powered by Code Help Pro

ADS BLOCKER DETECTED !

We have detected that you are using extensions to block ads on our website. Please support us by disabling the ads blocker.