एक दशकपछि फिल्ममा कमब्याक गर्दै राजबल्लभ कोइराला


अमेरिका बसोबास गर्दै आएकाअभिनेता राजबल्लभ कोइराला नेपाली फिल्मबाट टाढा छन्। राजले प्रशंसक तथा शुभचिन्तकबाट फिल्ममा कहिले कम्ब्याक हुने भन्ने प्रश्न झेलिरहनु परेकोछ।

एक दशकपछि अब फिल्म ‘कामिनो’ मार्फत् राजबल्लभ फिल्म क्षेत्रमा कमब्याक गर्ने भएका छन्। दीपक ओलीले निर्देशन गर्न लागेको फिल्ममा अभिनेता प्रदीप खड्का पनि अनुबन्धित भइसकेका छन्। फिल्म चैतको तेस्रो साताबाट छायांकनमा जाने बताईएको छ।

दुई दर्जन भन्दा बढी चलचित्रमा काम गरिसकेका राजबल्लब ‘पर्खि बसे, छोडी गए पाप लाग्ला, सम्झना, हाँसी देउ एक फेर’बाट निकै चर्चामा आएका थिए।

SUBSCRIBE 👉