स्पेस एण्ड डिजाइन एक्सो-२०२३ मा सिजना सुवालले जितिन् पहिलो उपाधि


आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनको आयोजनमा पहिलो पटक भएको ‘स्पेस एण्ड डिजाइन एक्सो’मा सजिना सुवालले पहिलो उपाधि हात पारेकी छीन्। त्यस्तै आईआईएफटीमा अध्यनरत छात्रछात्राहरुको प्रतियोगितात्मक एक्स्पो कार्यक्रममा इन्टरियर हरुको छाता संगठन आइडिया नेपाल का पधाधिकारीहरुको निर्णयमा पबिन कार्की र स्वस्तिका राजभण्डारी क्रमस दोस्रो र तेस्रो हुन सफल भए भने पब्लिक चोईस अवार्ड भने दीक्षित खड्काले जितेकी छिन्।

माननीय संसद प्रदिप पौडेल र पुर्व मन्त्रि भीमसेन दास प्रधानले विजेताहरुलाई नगद तथा ट्रफी वितरण गर्नु भएको थियो भने नेपोभीट टाईल्सको तर्फबाट नगद पुरस्कार पनि प्रदान गरिएको थियो।

सिटी सेन्टरमा शुक्रबार र शनिबार सञ्चालन भएको ‘स्पेस एण्ड डिजाइन एक्स्पोमा आईआईएफटीका अध्ययन गर्ने ५१ जना विद्यार्थीहरुले आ-आफ्ना डिजाइनमा क्याफेका मोडेलहरु तयार परेर प्रदर्शनीमा राखेको थिए।

SUBSCRIBE 👉