बिष्णु खड्कालाई सर्वोत्कृष्ट सम्पादकको अवार्ड: ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८०

विगत डेढ दशकदेखि नेपाली कला र गीत संगीतका क्षेत्रमा सक्रिय बिष्णु खड्का, ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८०मा ‘सर्वोत्कृष्ट भिडियो सम्पादक’ को अवार्डबाट सम्मानित भएका छन्।


११ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८०मा सर्वोत्कृष्ट भिडियो सम्पादकको अवार्ड बिष्णु खड्काले प्राप्त गरेका छन्। राजधानीमा सम्पन्न सम्पन्न ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८० मा ‘शिरफुल (सुनका बाला -२)गीत बाट उनले उत्कृष्ट सम्पादकको अवार्ड हात पार्न सफल भएका हुन्।

विगत डेढ दशकदेखि नेपाली कला र गीत संगीतका क्षेत्रमा सक्रिय बिष्णु खड्का, भिडियो सम्पादनमा अत्यधिक व्यस्त रहने गर्छन। सोलुखुम्बुको भकान्जे गाविस सगरडाँडामा जन्मिएका खड्काले सम्पादन गरेका धेरै गीतहरु संगीत क्षेत्रमा करोड क्लबमा प्रवेश गर्न सफल भएका छन्। उनले ‘जेल पनि सहुँला’, ‘रुमालै चिनो धोई धोई’, ‘हिमाली भेगमा’, ‘जुन र तारा’, ‘पानिको फोका जस्तै २’, ‘मेरी इज्जु’, ‘तिमी आउन सक्छौ’, ‘शिरफुल’ लगायत हजारभन्दा बढी म्युजिक भिडियोको सम्पादन, कलर ग्रेडिङ्ग र पोस्टर डिजाईन गरिसकेका छन्।

खड्का भन्छन – ‘एउटा म्युजिक भिडियो राम्रो हुनुमा सम्पादकको ठुलो हात हुने गर्छ। म्युजिक भिडियो निर्माणपछि तयार भएको दृश्यलाई फूलबुट्टा भरेर बाहिर पठाउन विशेष भूमिका खेल्ने काम नै सम्पादनकर्ताको रहन्छ। सम्पादन एउटा यस्तो अंग हो जसले म्युजिक भिडियो, चलचित्रलाई सुन्दर बनाउन ठुलो भूमिका खेल्छ, केही न केही नयाँ सिक्ने मौका मिल्छ।’

कार्यक्रममा विभिन्न ३८ विधाका स्रष्टा, सर्जक, कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो। राष्ट्रिय, पप, आधुनिक, लोकदोहोरी, चलचित्र क्षेत्रका स्रष्टा कलाकारहरुको बीचमा अवार्ड सम्पन्न भएको थियो।

SUBSCRIBE 👉