‘मोडल हन्ट नेपाल २०२५’ उपाधिका लागि प्रतिस्पर्धा गर्दै ५० प्रतियोगी


‘मोडल हन्ट नेपाल २०२५’को अन्तिम शनिबार प्रतिस्पर्धा शनिबार आयोजना हुदैछ। होटल याक एण्ड यतिमा आयोजना हुने प्रतिस्पर्धाका लागि ५० प्रतियोगी भिड्दैछन्। प्रतियोगीताको अन्तिम तयारी सकिएको आयोजक नेक्स्ट मोडल्सले जानकारी दिएको छ।

प्रतियोगीतामा पुरुष तर्फका उपाधिका लागि १७ प्रतियोगी रहेका छन् भने महिला तर्फको उपाधिका लागि ३३ प्रतियोगी रहेका छन्। सबै प्रतियोगी छनौट चरणको बिभिन्न प्रतियोगीता पार गर्दै फाइलनमा पुगेका हुन्। फाइनल प्रतियोगीताका लागि सबै प्रतियोगीले व्यक्तित्व विकास, शारीरिक बनावट, ¥याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन बिभिन्न प्रशिक्षण समेत लिएका छन्।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ९ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको छ।