अभिनेत्री स्वस्तिमा खड्का, प्रियंका कार्की, नीति शाह, सृष्टि श्रेष्ठ, आना शर्मा, नम्रता श्रेष्ठ, मिस नेपाल प्रतियोगी प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पण जङ्ग कार्की, मोडल सविता कार्की, सोफिया भुजेल, आस्था पोखरेल लगायतका चर्चित सेलिब्रेटी एउटै र्याम्पमा देखिएका छन्। १४औँ संस्करणको जोय ‘आइइसी डिजाइनर रनवे’ नामक फेसन शोमा उनीहरु शो टपरको रुपमा विभिन्न आकर्षक पहिरनसहित फेशन सोमा देखिएका हुन्।
जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको शोमा ५० डिजाइनरले डिजाइन गरेका बिभिन्न पहिरनका आकर्षक डिजाइन सेलिब्रेटीको अलवा मोडलहरुले बिभिन्न १२ सिक्वेन्स प्रस्तुत गरेका थिए। भारतको चर्चित कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको समेत सहभागिता रहेको दारबारमार्ग स्थित होटल याक एण्ड यतिमा आयोजना भएको शोको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले गरेको थियो।
शोमा आइसी कलेजका २०२३ ब्याजका १०२ जना विद्यार्थी डिजाइनरहरुले तयार पारेका फरक फरक पहिरनका डिजाइनहरु २५ सिक्वेलमा प्रस्तुत गरियो।
आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले ‘आइइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको बताइन् । बिगतका बर्षमा एक दिन आयोजना भएको यसबर्ष अझै भब्य रुपमा दुई दिन आयोजना गरिएको हो।