फिलिपिन्समा रोनिशलाई फष्ट रनरअपको उपाधि, आयुष टपटेनमा


फिलिपिन्सको मनिला शहरमा आयोजित अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘रनवे मोडल युनिभर्स २०२५’मा नेपालका रोनिश खड्गीले फष्ट रनरअपको उपाधि हासिल गर्न सफल भएका छन्। ३० भन्दा बढी देशका प्रतियोगीको सहभागी रहेको प्रतियोगीता मे महिना २३ देखि ३१ सम्म आयोजना भएको थियो।

प्रतियोगीतामा उनी नेपालको तर्फबाट एक्लो सहभागी रहेका थिए। प्रतियोगीतामा आफुले नेपाली कलासंस्कृति समेत प्रस्तुत गरेको खड्गीले बताए। खड्गी ‘मोडल हन्ट नेपाल २०२३’का विजेता हुन्।

त्यस्तै, फिलिपिन्समै आयोजना भएको ‘म्यान अफ द वल्र्ड २०२५’मा नेपाली आयुष दुलाल भने उत्कृष्ट १० भित्र पर्न सफल भएका छन्। दुलाल ‘मिस्टर नेपाल २०२४’मा ‘म्यान अफ द वल्र्ड नेपाल २०२४’को उपाधि विजेता हुन्। दुबै प्रतियोगीलाई प्रतियोगीतामा नेक्स्ट मोडल्स नेपालकी पठाएको हो।

SUBSCRIBE 👉