पुस्तकमा आउँदै गीतकार दुर्गालाल


Durgalal-Shrestha
ग्ल्यामर नेपाल, काठमाडौं । गीतकार एवं नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको जीवनीमा आधारित पुस्तक ‘ख्वविलु दुर्गालाल’ प्रकाशनको अन्तिम तयारीमा पुगेको छ । घेष्ट राईटिङग नेपालले उनको जीवनका हरेक पक्षको अध्ययन,अनुसन्धान गरी पुस्तक प्रकाशन गर्न लागेको हो । पदम श्रेष्ठको सम्पादन रहेकोे पुस्तकले नेपाल भाषा साहित्य र गीतमा दुर्गालाल युगको प्रतिनिधित्व गर्ने जनाएको छ ।

‘फुलको आँखामा फुलै संसार,काँडाको आँखामा काँडै संसार’, ‘थौं वइला कन्हे वईला’जस्ता लोकलयमा आधारित गीतदेखि ‘सयथरी बाजा एउटै ताल’सम्मका गीतको सिर्जना पृष्ठभूमि, फिल्म ‘राजमती’देखि वीर गणेशमानसम्ममा जनकवि तथा दुर्गालालले रचना गरेका गीत, कविताका दस्तावेजहरु पुस्तकमा समेटिने छन् । त्यसैगरी वछु ‘गल्ली थ्वछु गल्ली’ देखि नेपाल भाषाका प्रथम पप गायक प्रेमध्वज प्रधानले गाएको ‘वाला वाला चिगु मिखा’ सम्मका रचना पुस्तकमा समेटिएका छन। दुर्गालालका हालसम्म दुई हजार भन्दा बढी गीत, कविताहरु प्रकाशित भइसकेका छन भने उनका रचनाहरु नेपाली, अंग्रेजी, जापानीज, चाइनिज, जर्मनी, हिन्दी, लगायत विश्वका २५ भाषामा अनुवादित भइसकेका छन ।

SUBSCRIBE 👉