राजेशपायलको फेसबुक पेज भेरिफाइड


Rajesh-Payal-Rai
ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका भर्सटायल गायक राजेशपायल राईको फेसबुक पेज भेरिफाइड भएको छ। लोक गायिकाहरु सुनिता दुलाल, मुना थापा मगरको फेसबुक भेरिफाइड पछि राजेशपायलको पेज भेरिफाइड भएको हो । राजेश फेसबुक पेज भेरिफाइड हुने पहिलो नेपाली गायक बनेका छन् । राजेशको पेज बुधवार बिहान भेरिफाइड भएको हो ।

भेरिफाइड पेज पाएपछि गायक राईले आफ्ना महत्वपूर्ण गतिविधी फेसबुकपेजमार्फत सार्वजनिक गर्ने जनाएका छन् । ‘नयाँ पुस्ताका स्रोतासँग फेसबुक र ट्वीटरको माध्यमबाट कुराकानी गर्छु । उनीहरुको रुची अनुसारकै लवजमा गीत गाउने कोशिस गरिरहेको हुन्छु ।’ उनले भने । उनको पेजलाई १ लाख ९ ६ सय ३७ जनाले लाइक गरेका छन् ।

SUBSCRIBE 👉