स्पाइडरम्यान पछि स्पाइडरवुमनको तयारी


Spider-Man
हलिउडमा ‘स्पाइडरम्यान’ सिरिज हिट हुनासाथ अब महिला केन्द्रित ‘स्पाइडर वुमन’ फिल्म निर्माण हुने भएको छ । योजना अनुसार फिल्म बनेमा सन् २०१७ सम्ममा दर्शकमाझ आउनेछ । समाचार अनुसार सोनी पिक्चर्सले यो सिरिजको निर्माणको काम अगाडि बढाएको छ ।

निर्माण कम्पनीले फिल्मका लागि प्रमुख भूमिकामा अभिनय गर्न सक्ने अभिनेत्रीको खोजी गरिरहेको छ । प्रमुख भूमिकाका लागि कम्पनीले केही अभिनेत्रीसमेत हेरिसकेको छ । फिल्मका निर्देशक मार्क वेबले यसअघि नै महिलाको कथा समेटिएको ‘स्पाइडर वुमन’ बन्ने संकेत दिएका थिए ।

SUBSCRIBE 👉