सुब्रतलाई पाउन अशिष्माको ब्रत


IMG_3546---Copy ग्ल्यामर नेपाल, काठमाडौं । पत्रकार सुब्रत आचार्यले डेब्यु निर्देशन गरेको फिल्म ‘अधकट्टी’ फागुन १ गते रिलिज हुँदैछ । फिल्मको प्रमोशनको काम शुरु नभए पनि निर्देशक आचार्य र फिल्मकी नायिका अशिष्मा नकर्मी भने अहिलेदेखि नै फिल्मको प्रमोशनका जुटिरहेका छन् । हिन्दु नारीहरुको महान पर्व तिजको मौका पारेर यो जोडीले हालै एक तिजको म्युजिक भिडियोमा सँगै अभिनय गरेपछि उनीहरुको प्रमोशन अभियानले निरन्तरता पाएको छ ।

थप तस्वीर हेर्नको लागि यहाँ क्लिक गर्नुहोस

गायिका निशा देशारको स्वर रहेको ‘ह्याप्पी ह्याप्पी तिज’बोलको गीतको गत शनिवार राजधानीको विभिन्न स्थानमा छायांकन गरिएको थियो । संयोग कै मान्नु पर्छ, फिल्म ‘अधकट्टी’को एक गीत ‘हे नम्रता’मा गायिका निशाकै स्वर रहेको छ । भिडियोका निर्देशक पत्रकार डब्बु क्षेत्री हुन्, जसले फिल्म ‘राहदानी’को निर्देशन गरिसकेका छन् । गीतमा ताराप्रकाश लिम्बुको संगीत र डा.कृष्णहरि बरालको शब्द रहेको छ ।

IMG_3594---Copy

एक अविवाहित नारीले आफ्नो प्रेमीको स्वास्थ्य राम्रो होस् भनी ब्रत बसेको थिम गीतमा रहेको छ । ‘म्युजिक भिडियोको अभिनयले फिल्म प्रमोशनलाई पनि सहयोग पु¥याउने आशा छ,’प्रेमी बनेका सुब्रतले भने । रोहिया महर्जनको कोरियोग्राफी रहेको भिडियोका छाँयाकार निरज श्रेष्ठ हुन् ।

SUBSCRIBE 👉