
अन्तर्राष्ट्रियस्तरको क्याफे अनुभव नेपालमै पुर्याउने उद्देश्यसहित स्टारबोस कफीले आफ्नो पहिलो आउटलेट काठमाडौंको दरबारमार्गमा सञ्चालनमा ल्याएको छ। शनिबार आयोजित विशेष समारोहमा मिस नेपाल २०२० नम्रता श्रेष्ठ, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र टक्सार ग्रुप अफ कम्पनीका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कफी हाउसको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा मिस नेपाल नम्रता श्रेष्ठलाई आधिकारिक ब्रान्ड एम्बेसडर बानाइएको जानकारी गर्राईएको थियो। ब्रान्डप्रति ग्राहकको विश्वास र पहिचान मजबुत बनाउन नम्रताको छवीले ठूलो योगदान दिने विश्वास कम्पनीले व्यक्त गरेको छ। टक्सार ग्रुप अफ कम्पनीले संचालनमा ल्याएको स्टारबोस कफीले आधुनिक वातावरण, विश्वस्तरीय सेवा र उच्च गुणस्तरका कफी तथा विभिन्न परिकारमार्फत नेपालमा क्याफे संस्कृतिलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको छ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप सेवा प्रदान गर्ने उदेश्यसहित स्टारबोस कफीले विशेषज्ञहरू समावेश भएको बलियो टिम तयार पारेको छ। युवालाई रोजगारी, सीप विकास र उद्यमशीलता प्रोत्साहन गर्नका लागि पनि यो परियोजना महत्वपूर्ण हुने समूहले विश्वास व्यक्त गरेको छ।
दरबारमार्गको पहिलो आउटलेट सञ्चालन पछि स्टारबोस कफीले तनकुनेमा दोस्रो र ललितपुरको इमाडोलमा तेस्रो शाखा चाँडै सञ्चालन गर्ने तयारी गरिरहेको छ। यस्तै, आगामी दिनमा नेपालका प्रमुख शहरहरूमा फ्रेन्चाइज विस्तार गर्ने योजना कम्पनीले अघि सारेको छ।
स्टारबोस कफी टीजी भेन्चर्स अन्तर्गतको पहिलो हस्पिटालिटी प्रोजेक्ट हो। टीजी भेन्चर्स स्वयं टक्सार ग्रुप अफ कम्पनीजको एक प्रमुख व्यापारिक इकाइ हो, जसले विभिन्न क्षेत्रमा सक्रियता जनाएको छ । कफी व्यवसायमार्फत टक्सार ग्रुपले नेपालको हस्पिटालिटी तथा क्याफे उद्योगमा औपचारिक प्रवेश गरिसकेको छ।
कार्यक्रमा टक्सार ग्रुप अफ कम्पनीका सह-संस्थापक तथा फ्रान्चाइज प्रमुख दिर्घप्रसाद कर्माचार्य, स्टारबोस कफीका एम.डी. पूर्ण श्रेष्ठ, स्टारबोस कफीका महाप्रबन्धक सुवास अधिकारी, कलाकार यमन श्रेष्ठ लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
ALSO READ: आफ्नो शरीर स्लिम र आकर्षक बनाउन आपनाउनुहोस् यी सरल उपाय
