अमेरिकन अभिनेता रबिन विलियम्स् मृत अवस्थामा भेटिए


Robin-Williams
‘गुड विल हन्टिङ’ चलचित्रबाट अस्कर पुरस्कार विजेता अमेरिकन अभिनेता रबिन विलियम्स् आफ्नै निवासमा मृत अवस्थामा भेटिएका छन्। क्यालिफोर्नियाको प्रहरीले आपतकालीन सन्देश पाएपछि विलियम्स् निवासमा पुग्दा उनी मृत अवस्थामा भेटिएका थिए। केही समय यता उनमा लागु पदार्थ र मदिरा सेवनको लत बसे पछि उनलाई सुधार केन्द्रमा समेत राखिएको सञ्चारमाध्यमहरुले जनाएका छन्।

विलियम्स्को निधन स्वभाविक नभई आत्महत्या हुन सक्ने अधिकारीहरुले जनाएका छन्। विलियम्स्की पत्नी सुजैन स्नाइडरले रबिन विलियम्स् केहि दिन एता विचलित अवस्थामा रहने गरेको बताइएकी छन्।

६३ वर्षिय रबिन विलियम्स् का ‘गुड मर्निङ भियतनाम’, ‘डेड पोयट्स सोसाइटी’ जस्ता प्रसिद्ध चलचित्रहरु रहेका छन्।

SUBSCRIBE 👉