‘बाटुलो जून’मा अनमोलको जोडी नेन्सी कि प्रिन्सी ?

अभिनेता भुवन केसीको निर्देशनमा निर्माणाधीन चलचित्रमा अनमोल केसी, नेन्सी खतिवडा र प्रिन्सी खतिवडाको मुख्य भूमिकामा देखिदै छन्। तर ‘नेन्सी र प्रिन्सीमा अनमोलको जोडी को सँग बाँधिने छ’ भन्नेबारे जानकारी गराइएको छैन।


Actor Anmol Kc with Princy Khatiwada & Nancy Khatiwada

ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा चलचित्रका कलाकारदेखि निर्माता-निर्देशकले स्क्रिप्ट, क्ल्याप र क्यामेरा पूजा गर्दै चलचित्र ‘बाटुलो जून’को शुभमुहूर्त गरिएको छ। शुभमुहूर्त सँगै काठमाडौंमा छायाँकनको औपचारिक सुरुवात गरिएको छ। चलचित्रको छायांकन काठमाडौं सँगै ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरामा ४५ दिनसम्म हुनेछ।

अभिनेता भुवन केसीको निर्देशनमा निर्माण हुन लागेको यो चलचित्रमा अनमोल केसी, नेन्सी खतिवडा र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहने छ। नेन्सी र प्रिन्सीमा अनमोलको जोडी कोसँग बाँधिनेछ भन्नेबारे जानकारी गराइएको छैन। चलचित्रमा प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारहरुको अभिनय छ।

चलचित्र ‘ड्रिम्स’ निर्देशन गरेका भुवनले ‘बाटुलो जून’ ग्रामिण परिवेशको विशुद्ध प्रेमकथामा आधारित रहने बताएका छन्। जिया केसी र भविष्य खड्काको लगानी रहेको चलचित्रमा तेजविक्रम केसी कार्यकारी निर्मातामा छन्।

सनराइज पिक्चर्सको ब्यानरमा निर्माणाधीन यो चलचित्रको लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेल गरेका हुन्। ‘बाटुलो जून’को छायाँकन राजेश श्रेष्ठ र कोरियोग्राफी रेनशा वान्तवा राईले गर्दैछन।

SUBSCRIBE 👉