ब्लकबस्टर सिनेमा निर्देशकको नयाँ प्रोजेक्ट ‘सिन्दुरे जात्रा’

फिल्मको टाईटल टिजर भिडियो रिलिज गर्दै ‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशक सरोज पौडेलले नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेका छन्।


ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशक सरोज पौडेलले नयाँ फिल्म ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरेका छन्। टाईटल टिजर भिडियो रिलिज गर्दै उनले नयाँ फिल्म निर्माणको घोषणा गरेका हुन्।

फिल्ममा नेपालको नुवाकोटमा मनाइने गरेको ऐतिहासिक सिन्दुरे जात्रामा आधारित चलचित्र हो वा अरु नै कथा रहनेछ यसबारे निर्देशक पौडेलले केही बताएका छैनन्। चलचित्रमा कथा पनि निर्देशक पौडेलले नै तयार पारेका हुन्।

सारंगी फिल्म्सको प्रस्तुति रहेको सिनेमाको निर्मातामा प्रभाकार श्रेष्ठ छन्। चलचित्रका कलाकार र रिलिज मिति बारेमा भने केहि जानकारी बाहिर ल्याईएको छैन।

केही महिनाअगाडि निर्देशक पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कोशेढुङ्गा’ प्रदर्शनमा आएको थियो। प्रदर्शन भइरहेका बेला जेनजीको आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिबाट प्रभावित बन्न पुगेको ‘कोशेढुङ्गा’ले समाजिक विषय, मनोभावना र निर्देशन शैलीका कारण राम्रो प्रतिक्रिया बटुलेको थियो।


ट्रेलर हेर्नुहोस् : अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानमा नेपाली फिल्म ‘राजागञ्ज : पूजा, सर’ हेर्न पाईने


SUBSCRIBE 👉