
GP Timilsina & Usha Khadgi | image: Glamour Nepal Archives
पूर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्गी ले आफ्ना पूर्वपति सञ्चारकर्मी जीपी तिमल्सिना विरुद्ध जिल्ला प्रहरी परिसर भक्तपुरमा उजुरी दर्ता गराएकी छन्। सोमबार दर्ता गरिएको उजुरीमा अभद्र व्यवहार, धम्की र कुटपिटको प्रयास जस्ता गम्भीर आरोप उल्लेख गरिएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले उषाले दिएको उजुरीमा अभद्र व्यवहार लगायतका कसुर समावेश रहेको पुष्टि गरेका छन्। परिसरका सूचना अधिकारीले पनि उजुरी दर्ता भएको र आवश्यक कानुनी प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन्।
VIEW PHOTO GALLERY:
Mind-Blowing Images of former Miss Nepal Usha Khadgi
यसअघि चैत १७ गते उषा खड्गीले फेसबुकमार्फत आफूलाई सुरक्षा आवश्यक रहेको भन्दै श्रृंखलाबद्ध स्टाटस सार्वजनिक गरेकी थिइन्। उनले नयाँ सरकारसँग न्यायको माग गर्दै आफ्नो जीवनमा हस्तक्षेप हुन नहुने र आफूले अंशवण्डामा पनि न्याय पाउनुपर्ने उल्लेख गरेकी थिइन्। त्यतिबेलै उनले प्रहरी प्रशासनमा उजुरी दिने संकेत गरेकी थिइन्।
उषा र जीपीबीच २०७९ साल जेठ २६ गते काठमाडौं जिल्ला अदालतबाट सम्बन्धविच्छेद भएको थियो। तर, सम्बन्धविच्छेदपछि पनि अंशवण्डाको विषय टुंगो नलाग्दै सोही वर्ष मंसिर १९ गते जीपी तिमल्सिनाले सविना अधिकारीसँग दोस्रो विवाह गरेका थिए।
हाल यस घटनाले फेरि उनीहरूबीचको विवादलाई सतहमा ल्याएको छ भने उजुरीपछि अब कानुनी प्रक्रिया कसरी अघि बढ्छ भन्नेमा चासो बढेको छ।
यो पनि पढ्नुहोस्:
टिकटकर आयुष सिंह ठकुरीको फिल्म इन्ट्री, ‘राम नाम सत्य’मा सस्पेन्स भूमिका
