हङकङमा बिसौं प्रस्तुति दिँदै राजेशपायल


Rajesh-Payal
ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली आधुनिक संगीत र फिल्मी पाश्र्वगायनमा भर्सटाइलको पहिचान बनाएका गायक राजेशपायल राईले हङकङमा २० औं प्रस्तुति देखाउने भएका छन् । राजेशले पहिलो विदेश भ्रमण पनि हङकङबाटै शुरुवात गरेका थिए । बिसौं कार्यक्रममा सहभागिता जनाउन राजेशपायल यतिबेला हङकङमा छन् ।

राईका अनुसार उनले भोलि हेनरी जी ल्याङ येइ माइ तेइ हलमा नयाँ तथा पुराना हिट नम्बरका गीतहरु प्रस्तुत गर्नेछन् । ह्युमेन नेपाल फाउण्डेसनले आयोजना गर्ने कार्यक्रममा गायकहरु सुरेश कुमार, अभिनास घिसिङ र भरत सिटौलाले पनि सांगीतिक प्रस्तुति दिने आयोजकमध्येका एक अन्तिम राईले जानकारी दिए ।

SUBSCRIBE 👉