श्रुति संगीतको वार्षिकोत्सवमा स्रष्टालाई सम्मान


Deepak-Jungham (2)
ग्ल्यामर नेपाल, काठमाडौं । श्रुति संगीत विद्यालयले स्थापनाको ११ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार राजधानीमा विभिन्न संगीतकर्मीलाई सम्मान तथा अभिनन्दन गरिएको छ । सूचना तथा सञ्चारमन्त्री तथा नेपाल सरकारका प्रवक्ता डा. मिनेन्द्र रिजालले वरिष्ठ संगीतसाधक दीपक जंगमलाई ‘स्वामी नारायणाचार्य श्रुति अभिनन्दन’बाट अभिनन्दित गरेका हुन् । पाँच दशकदेखि नेपाली संगीत क्षेत्रमा अनवरत रुपमा सक्रिय जंगमलाई उनले संगीत क्षेत्रमा दिएको योगदान स्वरुप ‘लाइफ टाइम अचिभमेन्ट’ शैलीको उक्त सम्मान प्रदान गरिएको विद्यालयका अध्यक्ष गायक तथा संगीतकार नरहरि प्रेमीले बताए ।

Samman-Photo

कार्यक्रममा संगीतकार सुरेश अधिकारी, गायिका कोमल वली र गायक हेमन्त शर्मालाई ‘श्रुति युवा सम्मान’बाट सम्मानित गरिएको थियो भने संगीतकार दीपक शर्मालाई ‘श्रुति उज्जवल नक्षत्र सम्मान’ प्रदान गरिएको थियो । विद्यालयले यसअघि भक्तराज आचार्य, धनबहादुर गोपाली, भुषण दाहाल, संगीता राना, दीप तुलाधर, राजु सिंह र सरिता मिश्रलाई सम्मान तथा अभिनन्दन गरिसकेको छ । कार्यक्रममा गायिका जुना प्रसाई, गायक अजय जंगम, गायिका कोमल वली र विद्यालयका विद्यार्थीहरुले विभिन्न गीत गाएका थिए ।

SUBSCRIBE 👉