सुनितासँग भिड्दै चार गायिका


sunita-dulal-singer
ग्ल्यामर नेपाल, काठमाडौं । बजाज इन्टरटेन्टमेन्टले आगामी भदौ १० गते राजधानीमा आयोजना गर्न लागेको ‘तीज म्युजिक अवार्ड २०७१’मा पर्न सफल उत्कृष्ठ ५ को मनोनयन सावर्जनिक गरिएको छ । सांस्कृतिक पर्व तीजका अवसरमा गीत संगीतलाई प्रोत्साहन मिलोस् र तीजका गीत तथा त्यसका श्रष्टा–सर्जकले प्रोत्साहित हुने मौका पाउन भन्ने उद्देश्यका साथ अवार्ड आयोजन ागर्न लागिएको अवार्ड आयोजक बीएस लामिछाने(राजु बजाज)ले बताए ।

सार्वजनिक गरिएको मनोनयनमा ‘उत्कृष्ट तीज गीत भिडियो सम्पादन’ तर्फ प्रविन रेश्मी मगर (आमाले दिएको), प्रविन भट्ट (अहिलेको तीजमा), देवेन्द्र शाह (वर माग्छु शिवजी¬), विष्णु शर्मा (झल्को माइतीको) र निशान घिमिरे (तीजको आयो लहर), ‘उत्कृष्ट तीज गीत भिडियो छाँयाकार’ तर्फ सुदिप बराल (वर माग्छु शीवजी), दुर्गा पौडेल (झल्को माइतीको), राजेश घिमिरे (मलाई त कति मज्जा हो), ज्ञानेन्द्र शर्मा (म त फुरुक्कै) र शिवराम श्रेष्ठ (च्वाप्प म्वाइ खाँउला), ‘उत्कृष्ट तीज गीत भिडियो मोडल (पुरुष)’ तर्फ विजय थापा (आशिर्वाद माग्छु), बब्वु थापा (वर माग्छु शिवजी), महेन्द्र गौतम (लाजैले मरिन्छ), शंकर वि.सी (मेलम्चीको पानी) र नरेश विर सिंह (आगो प¥यो) छन् ।

यसैगरी ‘उत्कृष्ट तीज गीत भिडियो मोडल (महिला)’ तर्फ दिपाशा वि.सी (अहिलेको तिजमा), नीता ढुंगाना (वर माग्छु शिवजी), पार्वती राई (हाम्रा बाउका ज्वाइँले), पुर्णिमा श्रेष्ठ (मेलम्चीको पानी) र सगुन शाही (वर्षै र दिनको), ‘उत्कृष्ट तीज गीत भिडियोे निर्देशक’ तर्फ शंकर वि.सी (आमाले दिएको), प्रकाश भट्ट (आशिर्वाद माग्छु), बब्वु थापा (वर माग्छु शिवजी), गोविन्द राई (तीजको आयो लहर) र सुवास रेग्मी (वर्षै र दिनको), ‘उत्कृष्ट तीज गीत एरेञ्जर’तर्फ झलक संगीतम् (अहिलेको तीजमा), विनोद वाजुराली (छम्म छम्म छम्म), वि.वि. अनुरागी (पिरको व्यथा सारा), अर्जुन पोखरेल (झल्को माइतीको) र महाराज थापा (तीजको आयो लहर) मनोनयनमा परेका छन् ।

त्यस्तै ‘उत्कृष्ट तीज दोहोरी गीत गायक’ तर्फ खुमन अधिकारी (आशिर्वाद माग्छु), तिलक वली (हङ्कङको सारी), सुरेन्द्र सुनार (मेलम्चीको पानी), रमेशराज भट्टराई (सानुमाया) र किरण बावु पुन (लभ म्यारिज), ‘उत्कृष्ट तीज दोहोरी गीत गायिका’ तर्फ रमिला न्यौपाने (आशिर्वाद माग्छु), पुर्णकला वि.सी÷उमा श्रेष्ठ (बुढा आधा आधा), सरिता कार्की (लाजैले मरिन्छ), लक्ष्मी ढकाल (सानुमाया) र शान्ति सुनार (सत्य कसम) ‘उत्कृष्ट तीज गीत शब्द’ तर्फ गोविन्द प्रसाद उपाध्याय (आमाले दिएको), हरि विष्ट (टिपन सकिन खाइन वरिलै), गायत्री थापा (माइती देश), कुमार विवाहित (तिजको आयो लहर) र गणेश चौलागाई (वर्षै र दिनको तीजै र आयो), ‘उत्कृष्ट तीज गीत भाका(लय)’ तर्फ हरि लम्साल (आमाले दिएको), हरि विष्ट (अहिलेको तीजमा), बिमल डाँगी (छम्म छम्म), पुस्कल शर्मा (नरोए आमा) र सुरेश अधिकारी (तिजको आयो लहर), ‘उत्कृष्ट तीज गीत गायिका’ तर्फ टीका पुन (अघिपछि भुल्छु आमा), स्वरुपा रसाइली (पिरको व्यथा सारा), माण्डवी त्रिपाठी (रातो सारीे), देवीका बन्दना (म त फुरुक्कै) र सुनीता दुलाल (तीजको आयो लहर) तथा ‘उत्कृष्ट तीज गीत’ तर्फ गैरा बारि (हरि विष्ट÷गंगामाला फिल्मस्), आमाले दिएको (शोभा त्रिपाठी÷सितारा म्यूजिक), तिजको आयो लहर (सुनिता दुलाल÷कमलादेवी डिजिटल), झल्को माइतीको (मञ्जु पौडेल÷आशिष म्यूजिक) र गायत्री थापा (वर माग्छु शिवजी÷शिवदर्शन डिजिटल) मनोनयनमा परेका छन् ।

SUBSCRIBE 👉