धरानबाट शुरु हुँदै नेपाली तारा अडिसन


Nepali-Tara
ग्ल्यामर नेपाल, काठमाडौं । नेपालको सबैभन्दा ठूलो सांगीतिक रियालिटी शो ‘नेपाली तारा’को तेस्रो संस्करणको पहिलो अडिसन आगामी भदौ १७ गतेबाट शुरु हुने भएको छ । कोकाकोलाले प्रायोजन गरेको शोको पहिलो अडिसन धरानबाट शुरु हुनेछ ।

निल बाराही फिल्मस्ले आयोजना गर्न लागेको शोको अडिसन धरान हुँदै नारायणगढ, बुटवल,पोखरा र भक्तपुर हुँदै काठमाडौँमा समाप्त हुनेछ । वरिष्ठ संगीतकार तथा गायक प्रकाश गुरुङ, संगीतकार तथा गीतकार सुरेश अधिकारी र प्रशिद्ध गायक रामकृष्ण ढकाल, गायक तथा संगितकार जेम्स प्रधान र संगीतकार राजन इसान शोका निर्णायक रहेका छन् । ‘हामी यस कार्यक्रमका लागि निकै उत्साहित छौँ । हामीले नेपालीताराका पछिल्ला संस्करणहरुबाट निकै असाधारण प्रतिभाहरु फेला पारेका थियौँ र यस संस्करणबाट पनि यस्तै प्रतिभाहरु हामीले पाउने आशा गरेका छौँ,’संगीतकार गुरुङले भने,‘कोका–कोला नेपालीतारा देशभरिका नयाँ गायकहरुको लागि आफ्नो प्रतिभा व्यक्त गर्ने महत्वपूर्ण मञ्च हो र यो अवसर प्रदान गर्न सकेकोमा हामी धेरै खुसी छौँ । हामीलाई आशा छ कोका–कोला नेपाली तारालाई हामी आधारभूत तहसम्म लिएर जान सक्नेछौँ ।’

डिसहोम र मास्टरपिसको सहकार्यमा हुन लागेको शोको अडिसनका लागि आयोजकले अडिसनस्थलको सूची पनि सार्वजनिक गरेका छन् ।

SUBSCRIBE 👉