सुनिताको गीत उत्कृष्ठ, हरिलाई दुई अवार्ड


Sunita-Dulal
ग्ल्यामर नेपाल, काठमाडौं । बजाज इन्टरटेनमेन्टले राजधानीमा पहिलोपटक आयोजना गरेको ‘तीज म्युजिक अवार्ड २०७१’मा गायिका सुनिता दुलालको गीत ‘तीजको आयो लहर’ले वर्षकै उत्कृष्ठ तीज गीतको अवार्ड पाएको छ । कमलादेवी डिजिटल म्युजिकले उत्पादन गरेको उक्त गीतको अवार्ड सुनिता उपस्थित नभएपछि उनकी बहिनीले लिएकी थिईन् ।

Hari-Bista

अवार्डमा गीतकार हरि विष्टको ‘माइतीको सम्झना’बोलको एल्बम वर्षकै उत्कृष्ठ एल्बम बन्यो भने त्यही एल्बमको ‘अहिलेको तीजमा’बोलको गीतले ‘उत्कृष्ठ तीज गीत भाका(लय)’विधाको अवार्ड पनि पोल्टामा पा¥यो । त्यस्तै ‘झल्को माइतीको’का लागि विष्णु शर्माले ‘उत्कृष्ठ तीज गीत भिडियो सम्पादन’, ‘मलाई त कति मज्जा’का लागि राजेश घिमिरेले ‘उत्कृष्ठ तीज गीत भिडियो छाँयाकार’, ‘बर माग्छु शिवजी’का लागि बब्बु थापाले ‘उत्कृष्ठ तीज गीत भिडियो मोडल(पुरुष)’, ‘अहिलेको तीजमा’का लागि दिपाशा बिसीले ‘उत्कृष्ठ तीज गीत भिडियो मोडल(महिला)’, ‘आमाले दिएको’का लागि शंकर बिसीले ‘उत्कृष्ठ तीज गीत भिडियो निर्देशक’, ‘अहिलेको तीजमा’का लागि झलक संगीतम्ले ‘उत्कृष्ठ गीत एरेञ्जर’को अवार्ड पाए ।

यसैगरी ‘आशिर्वाद माग्छु’का लागि खुमन अधिकारीले ‘उत्कृष्ठ तीज दोहोरी गीत(गायक)’, ‘बुढा आधा आधा’का लागि पूर्णकला बिसी र उमा श्रेष्ठले संयुक्त रुपमा ‘उत्कृष्ठ तीज दोहोरी गीत(गायिका)’, ‘माइती देश’का लागि गायत्री थापाले ‘उत्कृष्ठ तीज गीत शब्द’ र ‘म त फुरुक्कै’का लागि देविका बन्दनाले ‘उत्कृष्ठ तीज गीत गायिका’को अवार्ड चुमे । ‘सांस्कृतिक पर्व तीजका अवसरमा ती गीत संगीतलाई प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका स्रष्टा तथा सर्जकले प्रोत्साहित हुने मौका पाउन भन्ने ध्येयका साथ अवार्ड कार्यक्रम आयोजना गरेका हौं ।’ अवार्डका अध्यक्ष बीएस लामिछानेले बताए ।

SUBSCRIBE 👉