जेम्सले ल्याए सेल्फी म्युजिक भिडियो(भिडियो )


James-Pradhan
ग्ल्यामर नेपाल, काठमाडौं । गायक तथा संगीतकार जेम्स प्रधानले ‘सेल्फी’ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीत–संगीत तथा म्युजिक भिडियोमामा नौलो प्रयोग गरिरहने जेम्सले त्यो क्रमलाई निरन्तरता दिदैं संभवतः संसारकै पहिलो वान मेन सेल्फी म्युजिक भिडियो ‘म हिँडे है’ सार्वजनिक गरेका छन् । यो गीतको रचना गरेपछि त्यसको संगीत कम्पोज, एरेञ्ज, वाद्यवाधनको प्रयोग पनि उनी एक्लैले गरेका छन् । गीतको रेकर्डिङ र सेक्सोफोनको प्रयोगमा अमूल कार्कीको सहयोग लिइएको छ ।

‘मैले भिडियो बनाउँदा कसैको सहयोग लिइँन्,’उनले भने,‘गीत रेकर्डिङकै बेलामा म्युजिक भिडियोको कन्सेप्ट तयार पारिसकेको थिएँ,म्युजिक भिडियोको लागि स्टोरी बोर्ड तयार पार्ने, लोकेशन खोज्ने जस्ता प्रि–प्रोडक्सनको कामदेखि लिएर छायांकन, निर्देशन, अभिनय पनि आफैले गरे ।’

सन् १९९६ मा संगीत क्षेत्रमा प्रवेश गरेका जेम्स अहिले पनि युवामाझ चर्चित नै छन् । उनले सांगीतिक करियर ‘भेडेटारको चौतारी’बाट शुरु गरेका थिए । त्यसपछि उनले ‘बम भोले’, ‘गेट टुगेदर भोलुम १–४’, ‘चस्मे’, ‘द बेष्ट कम्पोजिसन अफ जेम्स’, ‘हावा’ र ‘आवाज’ एल्बम निकालिसकेका छन् ।

SUBSCRIBE 👉