ग्ल्यामर सट दिदा निकै लजाएँ – नायक गजीत विष्ट


gajit-bistaदिनेश डिसी निर्देशित चलचित्र”मायाज बार” बाट नेपाली सिने नगरीमा होमिएका नायक गजित विस्टको आज भोलि निक्कै चर्चा छ। उनको पछिल्लो चलचित्र “सुपारी” ले सफल व्यापार गर्न नसके पनि उनको अर्को चलचित्र “लभ फरएभर” मा समाबेस नायिका सुमिना घिमिरे संगको गरमा गरम दृश्यका कारण सिने नगरी मज्जाले तातेको छ। प्रस्तुत छ: यसै सन्दर्भमा हालै हाम्रा सहकर्मी गोकर्ण गौतमले ग्ल्यामर नेपाल का लागि नायक गजित विस्ट संग गर्नु भएको कुराकानी:

चलचित्र ‘लभ फरेभर’मा तपाई कस्तो भूमिकामा देखिनुभएको छ ?
# ‘लभ फरेभर’मा मैले एकदमै ज्ञानी, सरल र सहन सक्ने क्षमता भएको पात्रको भूमिकामा देखिएको छु। तर जति नै ज्ञानी र सहनशिल भएपनि सिमा नाघेपछि उ विद्रोह गर्न बाध्य हुन्छ।

पोमो र पोष्टरमा हेर्दा नायिका सुमिना घिमिरे र तपाईको निकै हट दृश्य देखिन्छ। जसबाट दर्शकहरुले यो चलचित्रले पनि अश्लीलता र भल्ग्यारिटिलाई प्रश्रय दिएको आशंका गरिरहेका छन्। खास कुरा के हो ?
# पक्का पनि दर्शकहरुमा त्यस्तो आशंका हुनसक्छ। ‘चपली हाइट’ हिट भएपछि सेक्सलाई आधार बनाएर धेरै चलचित्रहरु बने। तर अधिकाशंले दर्शकलाई निराश तुल्याए। तर हामीले सबथोक नै सेक्सलाई मानेका छैनौं। हामीले सेक्सुअल डिजाएर अत्यन्त न्यून भएको केटा र अर्की केटा जसको सेक्सुअल डिजाएर निकै हाई छ, यी दुईबीचको लभस्टोरी कसरी अगाडी बढ्न सक्छ, सम्बन्ध सफल बनाउन कति त्यागको आवश्यक छ वा सफल भएन भने के कारणले हुदैन ? भन्ने कुरा निकै सहज र जीवन्त ढंगबाट देखाउने प्रयास गरेका छौं। त्यसैले प्रोमोको आधारमा जसरी सेक्सलाई सस्तो ढंगले प्रचार गरिएको भन्ने दर्शकलाई भान भएको छ। त्यो सत्य होइन। फेरी अर्को कुरा के पनि हो प्रोमो २५ प्रतिशत ग्ल्यामर छ भने पनि ७५ प्रतिशत त एक्सन, थ्रिलर, ड्रामा छ नि। त्यसैले ‘लभ फरेभर’मा भल्ग्यारिटीलाई प्रमोट गरिएको छ भन्ने सोचाई नराख्न म सबैलाई आग्रह गर्छु। हामीलाई भल्ग्यारिटी र ग्ल्यामरबीचको फरक राम्रो सँग थाहा छ।

यो चलचित्रमा काम गर्ने साइत कसरी जुर्‍यो ?
# ‘मायाज बार’मा मैले गरेको अभिनय शंकर सर (निर्देशक शंकर आचार्य) लाई निकै मन परेको रहेछ। जसका कारण उहाँ मलाई काम गराउन चाहानुहुन्थ्यो। यस्तैमा एक दिन उहाँले मलाई यो चलचित्रको कथा सुनाउनु भयो, मलाई युनिक र टच्ची लाग्यो। त्यसपछि स्क्रिप्ट देखी सुटिङ हुँदै अहिले पब्लिसिटी डिजाइन सम्म सँगै खटिरहेका छौं।

नेपालका धेरै कलाकारहरुमा खेताला प्रवृत्ति छ अर्थात उनीहरु सुटिङबाहेक प्रिपोडक्सन र पोष्टप्रोक्डसनमा खासै ध्यान दिदैनन्। सुटिङ र डबिङ गर्‍यो सिधियो तर तपाई स्क्रिप्ट देखी प्रमोशनसम्म निकै खट्नु हुन्छ। किन होला ?
# यही सन्दर्भमा एउटा रमाइलो प्रसंग सुनाउछु । म यत्तिसम्म खट्दो रहेछु कि मान्छेहरु मैले खेलेको फिल्ममा मेरो पनि लगानी छ भन्ठान्दा रहेछन्। ‘मायाज बार’ र ‘सुपारी’को सन्दर्भमा पनि धेरैले ‘तपाईको पनि लगानी छ हो ?’ भनेर सोध्नु भएको थियो। र, अहिले ‘लभ फरेभर’को बारेमा पनि धेरैले त्यस्तै सोध्नुहुन्छ। तर यथार्थ त्यस्तो होइन। म कलाकार मात्र हो। तर मलाई के लाग्छ भने एउटा जिम्मेवार कलाकारको काम सुटिङ वा डबिङसम्म मात्र सिमित हुँनुहुदैन। स्क्रिप्ट देखी चलचित्र प्रदर्शन नभइन्जेल उसले टिमलाई साथ दिनुपर्छ। यसमा दुईवटा कारण छन्, पहिलो त निर्माताले आफूले खेलेका फिल्ममा ५०-६० लाख खर्च गरेको हुन्छ, त्यसैले उसको पैसा सेभ गरिदिनु कलाकारको दायित्व हुन्छ। दोस्रो कुरा, फिल्मको सफलतामै आफ्नो पनि सफलता जोडिएको हुन्छ। त्यसैले आफूले खेलेको सिनेमाको प्रिपोडक्सनदेखी प्रोडक्सन हुँदै पोष्ट प्रोडक्सनसम्म कलाकारले साथ दिनैपर्छ। फेरी कलाकारको लागी आफू अभिनित फिल्म भनेको त आफ्ना सन्तान जतिकै प्यारो हुन्छ, हुनुपर्छ। सन्तान जन्माएर मात्र आफ्नो कर्तब्य पुरा हुन्छ त ? हुदैन किनभने उसलाई हुर्काउने, पढाउने, बढाउनु पनि बाबुआमाको दायित्व हुन्छ। ठिक त्यसैगरी, कलाकारको काम सुटिङ गर्ने मात्र होइन, स्क्रिप्टको काम सुरु भएदेखी हल पुराउनु उसको दायित्व हुन्छ। कम्तिमा आफूलाई प्रोफेसनल कलाकार भन्न रुचाउनेले यति गर्नैपर्छ।

लिड एक्ट्रेस सुमिना घिमिरेले प्रमोशनमा साथ नदिदा फिल्मलाई निकै घाटा पुगेको चर्चा छ नि ?
# डेफेनेट्ली केही मात्रामा असर गथ्र्यो तर अब गर्दैन। किनभने सुटिङमा उहाँले निकै राम्रो काम गर्नुभएको छ।

तपाईको डेब्यु मूभि ‘मायाज बार’ हिट भएपछि दर्शकहरुले निकै मार्क गर्नुभएको थियो तर लगभग वर्षदिनसम्म अर्को चलचित्र रिलिज भएन। बल्ल-बल्ल रिलिज भएको दोस्रो चलचित्र ‘सुपारी’ पनि सफल भएन। यसरी हेर्दा ‘लभ फरेभर’ असफल भयो भने तपाईको करिएरमा निकै असर पर्ने देखिन्छ नि हैन ?
# त्यस्तो हुदैन। पहिलो कुरा त यो एक वर्षको बीचमा म लगातार सुटिङमा विजी भएँ, चारवटा फिल्म गरें तर अब रिलिज हुँदैछ। त्यसैले म हराएको होइन। हो, ‘सुपारी’ले दर्शकलाई सन्तुष्ट बनाउन सकेन। त्यसमा फिल्मकै कमजोरी छ। म आफैले दर्शक भएर हेर्दा पनि मन परेन। टिम पनि खासै स्ट्रङ र एकबद्ध नभएका कारण समस्या आएको हो तथापी पनि मेरो कामलाई भने सबैले मन पराइदिनु भयो। मैले आफ्नो भूमिका सकेसम्म जिवन्त बनाउने प्रयास गरेको थिएँ। एउटा एक्टरले गर्न सक्ने भनेको पनि यही हो। तर ‘लभ फरेभर’मा भने निकै खटेर काम गरिएको छ। मैले तीन पटक हेरिसकें। यो फुल्लि इन्टरटेनिङ मूभि बनेको छ। यसले मलाई कतै पनि घाटा पर्दैन। दर्शकले पक्का रुचाउनु हुन्छ। यदि कथमकदाचित सोचे अनुरुप भएन भने मलाई घाटा हुनेभन्दा पनि लेसन हुन्छ। कि अझ राम्रो युनिट, कथा भएको फिल्म मात्र मैले गर्नुपर्छ। मेरा आगामी चलचित्र ‘तोरी लाहुरे’ र ‘गल्ली’ अझ सशक्त छन्। त्यसैले पनि मेरो करियरमा दाग लाग्दैन किनभने म दर्शककै लागी जन्मिएको हुँ र मैले आफ्नो सम्पूर्ण जिन्दगी कलामै समर्पित गरिरहेको छु।

दिनेश डिसी र शंकर आचार्यसँग काम गर्दा कस्तो भिन्नता पाउनुभयो ?
# दिनेश दाईसँग मैले फस्ट मूभिमा काम गरेको थिएँ। त्यसैले म उहाँसँग त्यति धेरै क्लोज भइसकेको थिइन। म उहाँसँग दोहोर प्रश्न गर्न सक्दैनथें। कुनै प्रश्न गर्दा सटिक उत्तर दिनुहुन्थ्यो र सोही अनुसार काम गर्नुपथ्र्यो भने शंकर दाईसँग लामो समयदेखी चिनजान थियो, जसले गर्दा सल्लाह गर्दै काम गरियो। मलाई चित्त नबुझेको ठाउँमा क्रस कोइसन गरियो। कति ठाउँमा कमान्ड पनि गरियो। ‘ल दाई यस्तो होइन, यस्तोचाही गर्नुपर्छ’ पनि भनियो। त्यति मात्र फरक हो, कामको हिसाबले दुवैजनासँग सहज भयो।

सुमिनासँग किस सिन र बेड सिन गर्दाचाही कतिको रमाइलो भयो नि ?
# (हाँस्दै) रमाइलो त कहाँ हुनु र ? सकेसम्म फिलिङ ल्याउने प्रयास गरें। म अलि लजालु स्वभावको भएकोले सुरु-सुरुमा त त्यस्तो दृश्य खिच्न निकै अन्कनाए, लाज पनि लाग्यो। तर शंकर दाईले ‘यसरी भएन, फिलिङ ल्याउनु पर्‍यो’ भनेर हल्का गाली गरेपछि बबाल सट दिइयो।

अन्त्यमा, ‘लभ फरेभर’ त्यस्तो के छ, जसको कारण दर्शकले फिल्म हेर्नैपर्छ ?
# खासमा यो चलचित्र मनोरन्जनको लागी बनाइएको छ, त्यसको लागी ग्ल्यामरलाई बेस बनाइएको छ। यद्यपी एक्सन, ड्रामा, थि्रलजस्ता फिल्मी मसला पनि समावेश गरिएको छ। एक्सन पनि नितान्त नौलो छ। हामीले कुनै सटमा पनि वायर, र्फम र स्टि्रङ बोर्ड प्रयोग गरेका छैनौं। स्वभाविकतालाई जोड दिएका छैनौं। एक्सन डाइरेक्टर राजेन्द्र खड्गीकी छोरी रोमी खड्गीले एक्सनमा सुर्य थोकरलाई सघाउनु भएको छ। उहाँले पनि नयाँपन दिनुभएको छ। सागीतिक पक्ष पनि सबल छ। त्यसैले अढाई घण्टा दर्शकले भरपुर इन्जोए गर्नुहुन्छ। ढुक्क भएर फिल्म हेर्न गए हुन्छ।

SUBSCRIBE 👉