रेकर्ड ब्रेक: सुशिल नेपालले खोले Voice Of Nepal को भित्री रहस्य


नेपालमा दुई रियालिटी शो को चर्चा छ। अन्तर्राष्ट्रिय फ्रेञ्चाइज भएकै कारण दुई राष्ट्रिय टेलिभिजनमा प्रशारण भइरहेका रियालिटी शो ‘नेपाल आइडल’ र ‘दि भ्वाइस अफ नेपाल’लाई दर्शक तथा शुभचिन्तकहरुले प्रतिस्पर्धाको रुपमा हेरिरहेका छन्।

कार्यक्रमको फर्म्याट फरक भएपनि दुबैले अङ्गालेको गायन विधाको कारण कुन शो मा कस्ता प्रतिभा भन्ने मुल्याङ्कन सामाजिक सञ्जालमा हुँदै आएको छ। कतिपय फ्यान विभाजित पनि छन्। यो बीचमा ‘दि भ्वाइस अफ नेपाल’मा कार्यकारी निर्माता तथा प्रस्तोता सुशिल नेपालले हालै एक अन्तर्वार्तामा आफ्नो ‘शो’ का केहि भित्री कुराहरु खोलेका छन्।

तुलनात्मक रुपमा सिधा आइडलसँग प्रतिस्पर्धा नभएको बताउने सुशिलले आफुहरुले पहिलो संस्करणबाटै दर्शकको मन जितिसकेको दाबी गरे। ‘ब्लाइण्ड अडिसन’ले नै शो को अब्बलता प्रमाणित भइसकेको उनको भनाइ छ। यस्तै विषय र उनको जीवनशैलीको सेरोफेरोमा रहेर गरिएको रमाइलो कुराकानी भिडियोमा हेर्नुहोस्।

SUBSCRIBE 👉