जे परे पनि नायीका हुन्छु भन्नेहरु निर्देशकबाट पिडित भएका होलान – नायीका हर्शिका श्रेष्ठ


harshika-shrestha

एउटा चलचित्रको छायाँकन पुरा नहुँदै अर्को चलचित्रमा व्यस्त भएकी नायीका हर्शिका श्रेष्ठ अहिले चलचित्र जंजिरमा व्यस्त छिन् । चलचित्र ‘अगांलो यो मायाको’ वाट ठुलो पर्दामा डेव्यु गरेकी नायीका श्रेष्ठ कसै संग पनि नढाट्ने र ढाँटेको पनि मन नपर्ने वताउछीन । अगांलो यो मायाको रिलीज भएको एक वर्ष मात्रै भएको छ त्यस यता उनले नतिजा, कर्कश, नागवेली, मिसन पैसा रिलोडेडमा अभिनय गरिसकेकी छन। उनै नायीका श्रेष्ठ संग हाम्रा सह-कर्मी रामजी ज्ञवालीले गरेको कफी गफ को सपांदीत अशं ।

# कसरी वित्दैछन दिनहरु ?
अहिले त चलचित्र ‘जंजिर’ मा व्यस्त छु । त्यस वाहेकत अरु केही पनि छैन । दिनभरी छायाँकन हुन्छ क्यारे । अरु त त्यस्तो केही छैन । छायाँकन सकेर मात्रै एक समय फ्री भएर वस्छु ।

# कसरी छिर्नुभयो ठुलो पर्दामा ?
मैले केही चलचित्रको सपांदनको काम समेत गरेकी छु । मैले सिरीयल समयको ईडिटीङ पनि गरेकी थिए । खास गरि ईडिटीङ र सपांदनको काम गर्दै जाँदा अगांलो यो मायाकोका निर्देशक विनोद शेरेङ दाईले मलाई भन्नुभयो, -’एउटा नयाँ चलचित्र वनाउदैछु, मेरो चलचित्रमा खेल्छौ भनेर सोध्नु भयो, मलाई चलचित्रको स्किृप्ट पनि मन पर्‍र्यो अनि एस भने । जे होस चलचित्र राम्रै चल्यो त्यसपछि चलचित्रवाट टाढा छैन ।

# कसको प्रेरणाले छिर्नुभयो चलचित्रमा ?
मलाई प्रेरणा त सवैको नै छ, र प्रेरणा मिलेर यो क्षेत्रमा आएकी थिए । लामो समयदेखी यस क्षेत्रमा सपांदनको काम गरेकाले चलचित्रमा खेल्नका लागी कसैकोमा धाउन पनि परेन् र त्यती दुःख पनि भएन । सवैकेा सपोर्ट भयो मलाई । तर मैले सोचेकी पनि थिईन की नायीका हुन्छु भनेर । व्याकं ग्राउण्डमा वसेर काम गर्दा चाख वढ्दै गयो । भाग्यले पनि साथ दियो अहिलेसम्म चलचित्रमा खेलीरहेकी छु ।

# चलचत्रिमा भविष्य कस्तो देख्नुभएको छ ?
ठिकै छ, त्यती धेरै राम्रो पनि हैन र नभएको पनि हैन । तर मलाई के लाग्छ भने म राम्रो समयमा र ठिक समयमा चलचित्र क्षेत्रमा प्रवेश गरीछु । अहिले नयाँ प्रविधीमा काम गर्न पाईएको छ भने उस्तै अनुभवि निर्देश संग काम गर्न पाईएको छ । तर अर्को डर चाही जति राम्रा चलचित्र पनि फ्लप भैरहेका छन् त्यसले गर्दा केही डर भने लाग्छ ।

# किन होला चलचित्र फ्लप हुदै गएको ?
खै अचम्मनै लाग्छ । अहिले चलचित्र वनाउने वित्तीकै रिलीज गर्ने होडवाजी नै हुन्छ । एउटै हलमा राम्रा पनि चलेका छन नराम्रा पनि चलेकै छन् । त्यती दुःख नगरेका चलचित्र पनि राम्रै चल्नु र दुःख र मेहेनत गरेका चलचित्र नचल्दा चाही अहिले चलचित्र वजार केही निराशा जनक वनेको हो जस्तो लाग्छ ।

# नायीका हुँदा कत्तिको गाह्रो भो ?
मलाई नायीका हुँदा गाह्रो भएन वरु अहिले सुटिङमा छु, अहिले साह्रै गाह्रो भएको छ । सुटिङमा जाडोले गर्दा भने अनुसारको काम गर्न सकेकी छैन ।

# नायीकाहरु निर्देशकवाट साह्रै पिडीत हुन्छन रे नी ?
तर मेरा लागी चाही त्यस्तो अहिले सम्म भएको छैन । तर सुनेको कुरा हो । त्यस्ता नायीका पिडीत छन जो नायीका जे परे पनि नायीका हुन्छु भन्ने र रहरै रहरले आउने, राम्रो काम गर्न नसक्नेले चाही निर्देशकवाट पिडीत हुनुपरेकेा होला । कुनै पनि नायीका सिधै निर्देशकवाट पिडीत छैनन् । पिडीत भएका नायीकाहरु उनैका कारण पिडीत भएको हो जस्तो लाग्छ । नायीकाहरुले के गर्ने के नगर्ने भन्ने कुरा त आफुमानै भर पर्ने कुरा होनी । कुनै पनि निर्देशकले सिधै आएर नायीकाहरुलाई छुन्छन होला र ?

# प्रशगं वदलौ, प्रेमी छ या छैन ?
यो कुरा चाही नभनौ है । हुन पनि सक्न नहुन पनि सक्छ ।

# सेक्सलाई कसरी परिभाषति गर्नु हुन्छ ?
ओहो, अचम्मको कुरा । यसको परिभाषा कसरी दिने भन्या । तपाईलाई जे थाहा छ त्यही हो मेरो पनि । ओके । हाहाहा…..तर स्पष्ट कुरा चाही यसलाई सामान्य रुपमा लिनुपर्छ भन्छु ।

# ट्वाईलेट वस्दा के सोच्नुहुन्छ ?
– हाहाहा….. म कुनै पनि टेन्सन भयो भने र कुनै समस्या भयो भने त्यो समस्याको समाधान त्यही ट्वाईलेट वाटै निकाल्छु जहिले पनि । धेरै कुराको सल्भ गरेकी छु । खास गरि ट्वाईलेटवाट समस्यााको समाधान गर्ने उपाय चाही निकालेकी हुन्छु । टेन्सनको सल्भ हुन्छ ।

SUBSCRIBE 👉