विवाह नभएको भए चाही एकपटक सोची हाल्थे – नायिका स्वेता भट्टराई


sweta-bhattaraiझण्डै आधा दर्जन चलचित्रमा राम्रो अभिनय गरिसकेकी नायीका स्वेता भट्टराई अव फिल्म नखेल्ने भएकी छन् । फिल्म अभिनय गरेर मात्रै केही हुदैन, अध्यनलाई पनि संग संगै लैजाने हो, कुराकानीमा उनले भनिन, – ‘सकेसम्म अध्यन सकेर मात्रै यो क्षेत्रमा प्रवेश गर्छु, नत्र त्यस्तो कुनै राम्रो चलचित्रमा मात्रै अभिनय गर्छु। फिल्म च्याट्ट छाडेको चाही होईन उनले भनिन् । पोखरा जन्मीएकी पोखरेली नायीका भट्टराईले डेव्यु गरेका र प्रर्दशनमा आएका केहि चलचित्रहलहरुमा राम्रै चले भने कतिपय चलचित्र रिलीजको पर्खाई मा नैछन । नेपाल टेलिकमको एउटा विज्ञापनमा अभिनय गरे पछि फिल्मी क्षेत्रमा अभिनयको प्रस्ताव आएको थियो उनलाई, त्यसपछि व्ल्याकमेल, रिदम, गल्ली, प्रोड्यसर लगाएतका चलचित्रमा अभिनय गरेकी छिन। यद्यपी उनले नायीका वन्नु पुर्व केही म्युजिक भिडीयोमा अभिनय गरिसकेकी थिईन । पोखरामै बीबीएस तहमा अध्ययरत स्वेता चलचित्रको क्रममा अध्यनलाई पोखरामै छाडेर काठमाण्डौ पसेकी उनै नायीका भट्टराई संग रगंपत्रकार रामजी ज्ञवालीले गरेको कफी गफ:

के मा व्यस्त हो आजभोली ?
– त्यस्तो केही छैन । खास गरि प्रड्युसर फिल्मको छायाकनमै व्यस्त थिए केही समय यता । त्यस वाहेक अध्यन हो, पोखरा छाडेपछि त अध्यन पनि त्यती भएको छैन । अव अध्यनमा मात्रै ध्यान दिनेहो । मैले पहिलो चोटी मात्रै तपाईलाई भन्दैछु की अव केही वर्षका लागी चलचित्रमा अभिनय गर्दीन । यदि त्यस्तो मन खाएको चलचित्र हातमा आयो भने मात्रै खेल्छु तर अध्यन नसक्दा सम्म चलचित्रमा त्यसरी लाग्दीन।

चलचित्र क्षेत्रमा भविष्य नदेखेर त हैन ?
– नाई हैन त्यस्तो । भविष्य एकदमै छ । त्यसमा पनि मेरो हातमा चलचित्र जति पनि छन । तर अव मैले व्याचलर नसक्दा सम्म कुनै पनि चलचित्रमा खेल्दीन । त्यसपछि चाही चलचित्र र अध्यनलाई सासगै अगाडी वढाउने सोचाई वनाएकी छु । चलचित्रले मात्रै केही हुदैन अध्यनलाई पनि संग संगै अगाडी वढाउन सकियो भने मात्रै यो क्षेत्रमा राम्रो छ जस्तो लाग्छ ।

कसरी छिर्नुभयो ठुलो पर्दामा ?
– मलाई चलचित्र क्षेत्रमा छिर्नका लागी त्यती धेरै गाह्रो भएन । मैले यस अघि पनि केही म्युजिक भिडीयो गरेकी थिए । खास गरि पोखरामा भएका विभीन्न ट्यालेन्ट सो कार्यक्रम र फोटो सुट गराउदा मलाई चलचित्रमा अफर आएकेा थियो । मैले एउटा विज्ञापनमा खेलेकी थिए त्यसपछि चाही मलाई फिल्ममा खेल्न जति पनि अफर आए । मैले सुरुमा चलचित्र ‘तिमी जहा भएपनि ’ मा अभिनय गरेकी थिए । यतिका वर्ष भयो यो क्षेत्रमा बिताइसकको अब यो क्षेत्रमा करियर वन्छ तर अध्यनलाई चाही अगाडी वढाएरै छाड्ने हो ।

कसैको प्रेरणा त थियो होला नी ?
– प्रेरणा त मेरो वुवा र मम्मीलेनै धेरै हेल्प गर्नुभयो त्यसले पनि मलाई यो क्षेत्रमा केही गाह्रो भएन । म सानो छदानै वुवाले नायीका वनाउने हो, राम्रो मोडल वनाउने हो भन्नुहुन्थ्यो रे । स्कुल लेभलमा नै मोडलिङ गरे । तर मेरो पनि रुची पनि हो है ।

स्वेता सोझी की चलाख नायीका ?
– मैले जे पनि जानेकी छु । साझो हुन पनि जानेकी छु, चलाख हुन पनि जानेकी छु । दुवै नजानेको भए यो क्षेत्रमा टिक्न गाह्रो हुन्छ, जहा पनि गाह्रो हुन्छ । तर त्यती सोझी चाही छैन है ? हाहाहा….

भविष्यको लक्ष्य के हो तपाईको ?
– मैले तपाईलाई पहिला पनि भने अव मैले सुरुमा अध्यनलाई क्लीयर गर्छु, त्यसपछि केही वैकिङ क्षेत्रमा पनि प्रोशेस चालेकी हुदा त्यता तिर पनि काम गर्न सक्छु । ठ्याक्कै यहि हो मेरो लक्ष्य भन्न त नसकिएला गर्दै जान्छु हेरो कुन सेक्टरमा सफल हुन्छु । तर मेरो फिल्मी क्षेत्र पनि भविष्य हो भनेकी छु ।

प्रशगं वदलौ, नायक जिवन लुईटेलसागको सम्वन्ध कस्तो छ ?
– किन र राम्रै छनी । तर तपाईले भन्न खोज्नुभएको जस्तो हिसावले चाही हैन है । प्रमिस, उहाको र मेरो धेरै कुरा मिल्छ, फिल्मको छायाकन हुदा धेरै कुराकानी हुने र धेरै समय संग संगै रहने भएकाले पनि हो हामीलाई प्रेमी र प्रेमीकाको उपमा दिएको । तर अहिले दुई महिना जति भो सम्पर्क नभएको उहा कता हुनुहुन्छ म कता । खै किन हो कुन्नी । तर सम्वन्धमा त्यस्तो केही छैन । केही व्यस्तताले गर्दा पनि हुन सक्छ उहा सम्पर्क विहीन भएको । चलचित्र छायाकन हुदा दिनदिनै कुराकानी हुन्थ्यो तर अहिले भएको छैन ।

उहा सग अफेयर थियो भन्ने कुरा त व्यापक आएको थियोनी ?
– ल प्रमिस क्या । हैन भन्या । सेटमा हुदा कुराकानीमा धेरै समय विताईन्थ्यो । हामीले दुई चलचित्रमा सासगै अभिनय गर्‍र्यौ त्यही भएर पनि हुन सक्छ । तर त्यस्तो सम्वन्ध चाही हाम्रो छैन । व्ल्याकमेल र रिदम चलचित्रमा अन स्क्रिन रोमान्स भएकाले पनि त्यस्तो चर्चा वाहीर आएको हो जस्तेा लाग्छ ।

उहाले तपाईलाई प्रेम प्रस्ताव राखे के गर्नुहुन्छ ?
– मैले उहाको वारेमा धेरै वुझेको छु । यदि उहा विवाह नभएको भए चाही एकपटक सोचीहालौ चाही भन्थे होला र अफेयर पनि हुन्थ्यो होला तर उहा विवाहीत मान्छे, उहाको परिवारमा कसरी म दोस्री भएर जान सक्छु भन्या । उहाको विवाह नभएको भए चाही…हाहाहा ।

यो जिवनमा अहिले सम्म कति आए माया गर्ने ?
– माया गर्ने त कति आए कति । तर म एउटा केही फरक खालकी युवति हो भन्छु । किनकी म जो पायो त्यस साग हेल्लो हाए भन्दीन, अरु संग त्यती धेरै नजिक हुन चाहादीन। तर पनि प्रपोज धेरैनै आए ।

सेक्सलाई कसरी परिभाषति गर्नु हुन्छ ?
– यसको परिभाषा कसरी दिने मैले । यो तपाईलाई पास गरे ।

कमाएको पैसालाई के मा खर्चीनुहुन्छ ?
– अधिकासं खर्च चाही सपिङमै जान्छ।कहिले काही वाहीर जादा, साथीभाईसंग हुदा केही खर्च हुन्छ ।

SUBSCRIBE 👉