धरानमा नेपाली तारा अडिसन, २२ प्रतियोगी छानिए


Nepali-Taraग्ल्यामर नेपाल, काठमाडौं । नेपालको सबैभन्दा ठूलो सांगीतिक रियालिटि शो ‘कोका–कोला नेपाली तारा ३’ अन्तर्गत धरानमा मंगलबार सम्पन्न अडिसनबाट दोस्रो चरणका लागि १४ पुरुष र ८ महिला गरी २२ प्रतियोगीहरु छनौंट भएका छन् ।

धरानको अडिसनका लागि आएका ९ सय ४३ प्रतियोगीहरुमध्ये वरिष्ठ संगीतकार प्रकाश गुरुङ, वरिष्ठ संगीतकार र गीतकार सुरेश अधिकारी र चर्चित गायक रामकृष्ण ढकालको निर्णयले २२ प्रतियोगीहरु छनौंट भएका हुन् । निर्णायकहरुका अनुसार यस पटकका प्रतियोगीहरु राम्रो तयारीका साथ आएका छन् । धेरै प्रतियोगीहरु संगीतका विद्यार्थी पनि भएकाले उत्कृष्ठ प्रतियोगी छान्न समेत गार्हो  परेको निर्णायकहरुले जनाए ।

Nepali-Tara-1`निल बाराही फिल्मस्ले आयोजना गरेको प्रतियोगिताको विजेताले एक मोटरसाइकलसहित २ लाख ५१ हजार नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् । जसको ३ वटा म्युजिक भिडियो बनाइने आयोजकले जनाएको छ । यसबाहेक अन्तिम १० प्रतियोगिहरु प्रत्यकले ११ हजार रुपैंयाँ पुरस्कारसँगै ‘विशेष टप १०’ एल्वममा एक गीत गाउने अवसर पाउनेछन् । प्रतियोगिताको विजेताले अष्टे«लिया भ्रमणसँगै सिड्नी र मेलबर्नमा कन्सर्ट गर्नेछन् । अर्को अडिसन भदौ १९ मा नारायणगढमा हुनेछ भने त्यसपछिका अडिसनहरु बुटवल, पोखरा, भक्तपुर र अन्त्यमा काठमाडौँमा हुनेछ ।

SUBSCRIBE 👉