निखिताले ल्याइन् सांगीतिक निखिता


Album-Launchग्ल्यामर नेपाल, काठमाडौं । मुम्बईको भातखण्डे संगीत शिक्षापीठबाट संगीतमा विशारद गरेकी गायिका निखिता थापाले डेब्यु एल्बम ‘निखिता’ श्रोतामाझ ल्याएकी छन् । एल्बमको शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ गायक प्रेमध्वज प्रधान, वरिष्ठ गीतकार रत्नशमशेर थापा, वरिष्ठ फिल्मकर्मी यादव खरेल, वरिष्ठ गीतकार किरण खरेल, वरिष्ठ संगीतकार शक्ति बल्लभलगायतले एल्बम सार्वजनिक गरे ।

कार्यक्रममा उनीहरुले नवप्रतिभा भए पनि निखिताको स्वरमा नयाँपन भने नदेखिने दाबी गरे । एल्बममा वरिष्ठ गीतकार दिनेश अधिकारीको एकल शब्द र संगीतकार हरि लम्सालको एकल संगीत रहेको छ । एल्बममा ‘सबै सुन्न पाउँ’, ‘सयौं आँखा’, ‘निरास नहोउ तिमी’, ‘लुकी लुकी भेट्न’, ‘मायासँग’ र ‘यो देश मेरो देश’ बोलका गरी ६ गीत छन् । गीतहरु सेमी क्लासिकल, सुगम, आधुनिक, लोक आधुनिकसँगै पाश्चात्य फ्लेबरका पनि रहेका छन् । एल्बमलाई टुवेल्भ नोट्सले बजारमा ल्याएको हो ।

SUBSCRIBE 👉