फिल्मकर्मी र पत्रकारलाई कलाकार संघको पुरस्कार तथा सम्मान


Ramesh_Bhudhathoki_Bhim_Bahadur_Thapa
ग्ल्यामर नेपाल, काठमाडौं । नेपाल चलचित्र कलाकार संघले आफ्नो १३ औं वार्षिकोत्सवको अवसर पारेर विभिन्न कलाकार तथा सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । संघले शनिवार राजधानीमा आयोजना गरेको विशेष कार्यक्रममा उपराष्ट्रपति परमानन्द झाले सम्मान र पुरस्कार प्रदान गरेका हुन् ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा वरिष्ठ निर्देशक र कलाकार रमेश बुढाथोकीलाई नगद ५६ हजार १ सय ११ रुपैंयाँ राशी र ताम्रपत्रसहित ‘नेपाल चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कार २०७१’बाट पुरस्कृत गरिएको थियो । त्यस्तै वरिष्ठ कलाकार सेनानी भीमबहादुर थापालाई नगद २१ हजार १ सय ११ रुपैंयाँ राशीको ‘नेपाल चलचित्र कलाकार संघ शान्ति मास्के पुरस्कार २०७१’बाट पुरस्कृत गरिएको थियो ।

Reema_Bishwokarma

त्यस्तै नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि उल्लेख्य योगदान पुर्याएवापत लेखक, समीक्षक तथा प्राध्यापक डा. प्रदिप भट्टराई र विदेशमा रहेर नेपाली चलचित्रलगायत समग्र नेपाली कलाको संरक्षण, प्रवद्र्धन, विस्तार एवं समृद्धिका लागि मन, वचन र कर्मले निस्वार्थ रुपमा सहयोग गरिरहेका समाजसेवी, चलचित्र कलाकार एवं निर्माता प्रतापचन्द्र तामाङ ‘नेपाल चलचित्र कलाकार संघ विशेष सम्मान २०७१’बाट सम्मानित भए ।

Ravi_Giri_Bijay_Deuja

पत्रकारितामार्फत नेपाली चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पत्रकारद्वय सानुकाजी श्रेष्ठ र विजय सुवेदी ‘आवाज’लाई ‘नेपाल चलचित्र कलाकार संघ पत्रकारिता सम्मान २०७१’बाट सम्मानित बने । पत्रकार विजय हाल अनलाइन खबर डटकमसँग आबद्ध छन् भने सानुकाजी चाहिँ विभिन्न पत्रिकामा आबद्ध छन् । कार्यक्रममा नायिका रिमा विश्वकर्माले ‘नेपाल चलचित्र कलाकार संघ नवप्रतिभा सम्मान २०७१’ प्राप्त गरिन् भने कलाकार सानुकुमार ताम्राकार, विजय देउजा र रवि गिरी ‘नेपाल चलचित्र कलाकार संघ सेवा सम्मान २०७१’बाट सम्मानित भए ।

 

SUBSCRIBE 👉