‘झोला’ र ‘नाई नभन्नु ल २’लाई ४-४ अवार्ड, आर्यन र गरिमा उत्कृष्ठ नायक-नायिका


ग्ल्यामर नेपाल, काठमाडौं । नेपालमा आयोजना हुने कुनै पनि अवार्ड कार्यक्रममा सहभागिता नजनाउने उद्घोष गरेको फिल्म ‘झोला’ले नेपाल चलचित्र विकास कम्पनी(एनएफडीसी)ले शनिवार राजधानीको आर्मी अफिसर्स क्लबमा आयोजना गरेको ‘दोस्रो एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७०’मा उत्कृष्ठ फिल्मसहित सर्वाधिक चार विधाको अवार्ड पोल्टामा पारेको छ। फिल्मले ‘हिरा सर्वोत्कृष्ठ चलचित्र’ विधासहित फिल्मका लागि निर्देशक यादव भट्टराईले ‘प्रकाश सर्वोत्कृष्ठ निर्देशक’, अभिनेत्री गरिमा पन्तले ‘भुवन सर्वोत्कृष्ठ अभिनेत्री’ र वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीले ‘बसुन्धरा सर्वोत्कृष्ठ सहअभिनेत्री’को अवार्ड चुमे।

कार्यक्रमको फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

कार्यक्रममा फिल्म ‘महशुस’का लागि अभिनेता आर्यन सिग्देलले ‘शिव सर्वोत्कृष्ठ अभिनेता’को अवार्ड र बद्री लामिछानेले ‘तुलसी सर्वोत्कृष्ठ सम्पादन’को अवार्ड चुमे। यसैगरी फिल्म ‘नाई नभन्नु ल २’ले पनि चार अवार्ड जितेको छ । फिल्मका लागि पुरुषोत्तम प्रधानले ‘मञ्जु सर्वोत्कृष्ठ छाँयाकन अवार्ड’, गायक प्रेम परियारले ‘उदित सर्वोत्कृष्ठ गायन अवार्ड’, संगीतकार बसन्त सापकोटाले ‘शम्भु सर्वोत्कृष्ठ संगीत अवार्ड’ पाए भने यसै फिल्मले मनोनयन नरहेको ‘कुसुमेरुमाल सर्वोत्कृष्ठ व्यावसायिक अवार्ड’ पनि हात पार्यो।

त्यस्तै फिल्म ‘मञ्जरी’का लागि अनिल श्रेष्ठले ‘प्रदिप सर्वोत्कृष्ठ ध्वनि पुनः मुद्रण’, अभिनेता गौरव पहाडीले ‘विश्व सर्वोत्कृष्ठ नवअभिनेता’ र अभिनेत्री सुजाता कोइरालाले ‘चैत्य सर्वोत्कृष्ठ नवअभिनेत्री’ विधाको अवार्ड पोल्टामा पार। यस्तै राजेन्द्र खड्गीले फिल्म ‘नोथिङ इम्पोसिबल’का लागि ‘भुटानी सर्वोत्कृष्ठ द्वन्द्व निर्देशक’, एलिश कार्कीले फिल्म ‘छ एकान छ’का लागि ‘शुभ सर्वोत्कृष्ठ पाश्र्व संगीत’, अभिनेता रमेश बुढाथोकीले फिल्म ‘राजनीति’का लागि ‘नीर सर्वोत्कृष्ठ सहअभिनेता’, अर्पण थापाले फिल्म ‘मौन’का लागि ‘चेतन सर्वोत्कृष्ठ लेखन’ विधाको अवार्ड हात पारे।

कार्यक्रमको फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

गैर मनोनयन तर्फको ‘मह जुरी सर्वोत्कृृष्ठ’को अवार्ड फिल्म ‘मोक्ष’का लागि सुनिल मानन्धर र निर्देशक प्रविण श्रेष्ठले संयुक्त रुपमा पाए भने ‘पुष्कर सर्वोत्कृष्ठ पत्रकारिता पुरस्कार’ चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले पाए । यस्तै ‘बसन्त सर्वोत्कृष्ठ नृत्यनिर्देशक’को अवार्ड फिल्म ‘काली’का लागि कोरियोग्राफर कविराज गहतराजले चुमे।

कार्यक्रममा उत्कृष्ठ निर्देशकले नगद एक लाख रुपैंयाँसहित अवार्ड पाए भने अन्य विजेताले ५१ हजार नगदसहित अवार्ड चुमेका थिए। कार्यक्रममा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ, निर्देशक शिव रेग्मी र मेकअप आर्टिष्ट शाम्भा दी पाटिलको सम्झनामा उनीहरुले काम गरेका फिल्मको गीतमा विभिन्न कलाकारहरुले नृत्य गरेका थिए।

SUBSCRIBE 👉