प्रेमिकाको खुशीलाई जल्दै उजन(भिडियो)


Ujjan-Nembangग्ल्यामर नेपाल, काठमाडौं । झापाली गायक उजन नेम्बाङको स्वर रहेको ‘तिमीलाई खुशी मिल्छ भने’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेम्बाङको गीति एल्बम ‘तस्वीर’मा समेटिएको गीतमा अभिनेता सुमन सिंह र मोडल निशा लामाले फिचरिङ गरेका छन् ।

उजनकै शब्द रहेको गीतमा रोशनकुमार लामाको संगीत रहेको छ भने फिमेल स्वरमा रजिना रिमालले साथ दिएकी छन् । बुढानिलकण्ठस्थित चपली हाइटमा छायांकन गरिएको भिडियोका निर्देशक बसन्त निरौला हुन् । भिडियोमा निशान घिमिरेको सम्पादन र रामेश्वर कार्कीको छायांकन रहेको छ । उजनले यसअघि गाएको ‘गौरादहको बजारैमा माया हाम्रो बस्यो’को गीत र भिडियो निकै चर्चित भइसकेको छ ।

SUBSCRIBE 👉