पोखरामा नेपथ्यको ओपन कन्सर्ट


nepathya ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली चर्चित लोक – रक ब्याण्ड ‘नेपथ्य’ले पोखरामा ओपन कन्सर्ट गर्ने भएको छ। आफ्नो जन्मथलो पोखरामा नेपथ्यले पहिलो पटक खुला आकास मुनि कन्सर्ट गर्न लागेको हो। आगामी फागुन ३ गते प्रदर्शनी केन्द्रको मैदानमा नेपथ्य गुञ्जिन लागेको हो।

नेपथ्यका लिड भोगलिस्ट अमृत गुरुङले पोखरा आयोजनास्थल मात्र नभएर प्रतिष्ठा पनि भएको बताए। त्यसैले आफूले हेरेर हुर्केका हिमालकै सामुन्ने उभिएर गीत गाउने अवसर पहिलोपटक जुरेको भन्दै उनले खुशी व्यक्त गरे। पोखरेलीहरुले निकै लामो समयदेखि नेपथ्यको ओपन कन्सर्ट हेर्ने इच्छा राखिरहेका थिए। अघिल्लो वर्ष बेलायतको वेम्ब एरेनामा कन्सर्ट गरेपछि नेपथ्यको माग पोखरामा झनै बढेको थियो।

नेपथ्यले गत महिना मात्रै ‘शान्तिको लागि शिक्षा’ अभियान अन्तर्गत विभिन्न सहरमा प्रस्तुती दिएको थियो। यो अभियानले नेपथ्यको उचाई अझ बढाएको छ। नेपालयको आयोजनामा पोखरामा हुन लागेको ओपन कन्सर्ट पनि ‘शान्तिको लागि शिक्षा’कै निरन्तरता हुने बताइएको छ। यो ब्याण्डले सन् २००० देखि २०१४सम्म ‘शान्तिको लागि शिक्षा’सहित ‘सुन्दर शान्त नेपाल’ अभियानमार्फत देशभर सांगीतिक प्रस्तुती दिएको थियो।

SUBSCRIBE 👉