ग्ल्यामर नेपाल, काठमाडौं । सिंगापुरे लाहुरेहरुको कथामा केन्द्रित फिल्म ‘माइ प्रमिश’ले आफ्नो रिलिज मिति तोकेको छ । सुरज सुब्बा ‘नाल्बो’ निर्देशित फिल्मले यसअघि पटकपटक फिल्म रिलिजको मिति सार्दै आएको थियो ।
टिआरएएनजी प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा रमेशचन्द्र राई, केकी अधिकारी, नरकुमार लिम्बु, विल्सनविक्रम राई, अनुराग कुँवरलगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई बनिश शाह ले सम्पादन गरेका हुन भने फिल्ममा महेश खडकाको संगीत, रोशन श्रेष्ठको द्वन्द्व तथा गोविन्द राईको नृत्य रहेको छ । फिल्मले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाइसकेको छ ।
