कलेज सुन्दरीले देखाए प्रतिभा


Miss-E-Colegeग्ल्यामर नेपाल, काठमाडौं । सिजन मिडिया प्रा.लि.ले राजधानीमा आयोजना गर्न लागेको ‘टिभिएस जुपीटर मिस इकलेज २०१४’का प्रतियोगीहरुले कमलपोखरीस्थित मार्कोपोलो होटलमा आफ्नो प्रतिभा देखाएका छन् । विगत पाँच वर्षदेखि काठमाडौमा रहेर विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो पाचौं चरणको संस्करणको लागि उपत्यकामा रहेका २० भन्दा बढि विभिन्न कलेजहरुवाट २५ जना प्रतियोगीहरु सहभागी भएका छन् ।

कार्यक्रममा प्रशंसा पौड्यालले भोजपुरी गीतमा नृत्य प्रस्तुत गरिन् भने संस्कृति चालिसे, गरिमा ओस्ती, श्रेर्या पाण्डे, सचिना खड्का, जोती खड्का, वर्षा धितालले ‘माइतीघर’ बोलको गितमा आफ्नो नृत्य प्रस्तुत गरे । यस्तै संगीता कार्कीले नाटक प्रर्दशन गरेकी थिइन भने सम्वृद्धीले ‘फुलको आँखामा’बोलको गीत गाएकी थिइन् । सरोज कुमारी र आरती चौधरीले वर्तमान अवस्थामा नेपालीको भविष्यको वारेमा आफ्नो धारणा राखेका थिए भने पल्मा थकाली, सृष्टी श्रेष्ठ, सुरक्षा गुरुङ, जस्मिन तामाङ, इन्जुला श्रेष्ठले पनि रिमिक्स नेपाली गितमा कम्मर मर्काएका थिए । त्यस्तै निकिता तामाङ जाङ्मु सेर्पा,अस्पु थापाले तामाङ सेलोमा नृत्य गरेका थिए ।

असोज ३ गते राष्ट्रिय नाचघर जमलमा हुने फाइनल प्रतियोगिताको विजेताले शीर्ष ताजसँगै एक लाख ६५ हजारको स्कुटर र उच्च शिक्षामा २ लाख बराबरको छात्रावृत्ति पाउने छिन । फस्ट रनर अप र सेकेण्ड रनर अपसँगै अन्य विभिन्न १६ विधामा पनि विजेता छनौट गरिने आयोजक संस्थाका अध्यक्ष प्रदिपराज वन्तले बताए । ट्यालेन्ट शोको निर्णायक मण्डलमा मिस ई–कलेज २०१२ की विजेता गृष्मा वस्नेत, २०१३ की विजेता प्रज्ञा लामिछाने तथा कोरीयोग्राफर रोजीन शाक्य रहेका थिए ।

SUBSCRIBE 👉