निशाले सुनिललाई स्टोन उपहार दिइन् कि हार्ट ?


nisha-adhikari-photo ग्ल्यामर नेपाल, काठमाडौं । नायिका निशा अधिकारी र निर्माता सुनिल मानन्धरको सम्बन्धलाई लिएर कुरा काट्नेहरुलाई अर्को गज्जबको मसला मिलेको छ। निशाले सुनिललाई सगरमाथाबाट ल्याएको स्टोन (ढुंगा) उपहार दिएपछि उनीहरुबीचको सम्बन्धले फेरि चर्चा पाउने भएको हो। निशाले बिहीबार ‘मोक्ष’को च्यारिटी शोको अवसरमा सुनिललाई सार्वजनिक रुपमा स्टोन उपहार दिएकी हुन्। तर कार्यक्रममा उपस्थित कतिपय फिल्मकर्मीले भने ‘स्टोन नभई हार्ट (मुटु) उपहार दिएको’ भन्दै ठट्टा गरेका थिए।

nisha-adhikari सुनिलले निर्माण गरेको ‘मायाज बार’मा निशा अनुबन्ध भएपछि उनीहरुबीचको सम्बन्ध झांगिएको बताइन्छ। जतिबेला निशा निरक पौडेलसँगको ट्रयाजिटीको पिडामा थिइन्। निरकबाट ‘धोका’ पाएकी निशा र सुनिल त्यहिबेलादेखि नजिक भएको चर्चा सिने नगरीमा चल्न थालेको हो। तर उनीहरु दुवैले आजसम्म आफूहरुको सम्बन्धको बारेमा केही बोलेका छैनन्।

nepali-actress-nisha-adhikari आजको स्टोन गिफ्टले मात्र होइन्, ‘मोक्ष’को प्रमोशनको जिम्मा निशालाई दिएबाट पनि उनीहरुको सम्बन्ध केही प्रगाढ भएको अनुमान लगाउन कुनै गाह्रो छैन्। प्रमोशनमा कुनै अनुभव नभएकी निशालाई सुनिलले स्थान दिनु आफैंमा चर्चा गर्न लायक छ। यसबाट सुनिल कुनै न कुनै रुपमा आफ्नो हरेक प्रोजेक्टमा निशालाई इन्गेज गर्न चाहन्छन् भन्ने पुष्टि भएको छ। निशाले पनि आज पत्रकारहरुलाई फोटै खिच्न लगाइ गिफ्ट दिएर सुनिलको ‘गुन’ तिरेकी छिन्। करिअर ओरोलो लागिरहेको बेला निर्मातालाई दिएको गिफ्टले निशालाई कतिको फाइदा पुग्ने हो ? हेर्न बाँकी छ।

SUBSCRIBE 👉