शम्भुजितलाई ‘संगीतकर्मी’ र पत्रकारलाई ‘विन्ध्यवासिनी सम्मान’


Sambhujeet-Baskota-1ग्ल्यामर नेपाल, काठमाडौं । विन्ध्यवासिनी फाउण्डेसनले बुधबार राजधानीमा ‘विन्ध्यवासिनी सम्मान तथा संगीत साँझ २०७१’को आयोजना गर्दै वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई ५० हजार १ रुपैया नगद र ताम्रपत्रसहित ‘संगीतकर्मी सम्मान’बाट सम्मानित गरेको छ ।

भजनशिरोमणि भक्तराज आचार्यको हातबाट सम्मान लिएपछि शम्भुजितले नेपाली सांगीतिक क्षेत्रका विशिष्ट व्यक्तिको हातबाट सम्मानित हुन पाउनु आफ्ना लागि अत्यन्त गौरवको कुरा भएको बताए । कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीहरु शान्तिप्रिय, अनन्त वाग्ले, नवराज लम्साल, डब्बु क्षेत्री, राजन घिमिरे, श्याम स्मृत, सुब्रत आचार्य, राज श्रेष्ठ, राजाराम फुँयाल, रेमणदास श्रेष्ठ, सविना कार्की, गोविन्द गिरी, चन्द्रमणी गौतम, राजु बोहरा, नविन दाहाल र सुर्यकुमार क्षेत्रीलाई जनही ५ हजार रुपैंयाँसहित ताम्रपत्रबाट सम्मान गरिएको थियो । फाउण्डेसनकी अध्यक्ष लिना रेग्मीले छापा र विद्युतिय सञ्चार माध्यममा रही पत्रकारितामार्फत नेपाली गीत संगीत र कलाको क्षेत्रमा योगदान पुर्याएवापत सञ्चारकर्मीहरुलाई सम्मान गरिएको बताईन् ।

Shanti-Priyaनेपाली गीत संगीतको विकास र विस्तारको उद्येश्यले संगीतकर्मीकै संलग्नतामा स्थापित विन्ध्यवासिनी फाउण्डेसनका आजीवन सदस्यहरु सत्य र स्वरुपराज आचार्य, प्रमोद खरेल, रजिना रिमाल, योगेन्द्रमणी दाहाल, गोविन्दप्रसाद उपाध्यायलगायत ३६ जनालाई कार्यक्रममा सम्मान गरिएको थियो भने आगामी मंसिर २६ गते राजधानीमा हुने ‘पाँचौ रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड’को ३१ विधाको मनोनयन परेका संगीतकर्मीलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमलाई सांगीतिक बनाउन सत्य–स्वरुपराज आचार्य, मौसम गुरुङ, श्रेयसी चेम्जोङ लिम्बु, नरेन्द्र प्यासी, रजिना रिमाल, प्रमोद खरेललगायतले आफ्ना प्रस्तुति दिएका थिए ।

कार्यक्रमको फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉