खुला आकाशमा ज्ञानु र मुस्कानको रोमान्स


Music-Videoग्ल्यामर नेपाल, काठमाडौं । मोडल ज्ञानु गुरुङ र मुस्कान लिम्बु हालै राजधानीको चापागाउँ, चोभार र कीर्तिपुरमा निकै रोमान्टिक मुडमा भेटिए । सफा मौसम र खुला आकाश मुनी उनीहरुको रोमान्स निकै हेर्न लायक थियो । उनीहरुको त्यो रोमान्स भने वास्तविक थिएन । गायिका सुरबी गुरुङको स्वरमा रहेको गीत ‘आज मेरो मनमा’ बोलको गीतका लागि निर्देशक केशव खड्काले जोडीलाई रोमान्टिक बनाइरहेका थिए ।

गीतमा सुमन गुरुङको संगीत र रिकेश गुरुङको शब्द रहेको गीतको भिडियोको छाँयाकार अमृत सुनार हुन् । निर्देशक खड्काका अनुसार रोमान्टिक गीत रहेको भिडियोको हाल निशान घिमिरेले सम्पादन गरिरहेका छन् ।

SUBSCRIBE 👉