सोनाली सर्वाधिक महंगी टेलिभिजन अभिनेत्री


Sonali-Bendreबलिउडका फिल्ममा आफ्नो सुन्दरता र अभिनयको माध्यमबाट दर्शकको मनमा बस्न सफ लबनेकी अभिनेत्री सोनाली बेन्द्रेले अब टेलिभिजन सिरियलमा आफ्नो सुन्दरता देखाउने भएकी छन् । जसका लागि उनले प्रति एपिसोड ४ लाख रुपैंयाँ लिएकी छन् । उनी लाइफ ओके च्यानलको सिरियल ‘अजीब दास्ताँ है ये’मा देखिन लागेकी हुन् ।

उनको यो पारिश्रमिकले टेलिभिजनको दुनियाँमा अभिनय गर्ने सर्वाधिक महंगी भारतीय अभिनेत्री बनेकी छन् । यसअघि महंगी टेलिभिजन नायिकाका रुपमा चिनिएकी ‘पवित्रा रिश्ता’की अभिनेत्री अंकिता लोखंडे थिईन्, जसले प्रति एपिसोड १ लाख रुपैंयाँ लिने गर्दथिईन् ।

सोनालीले अभिनय गर्न लागेको यो सिरियलको प्रोडक्सन हाउस एकता कपुरको प्रोडक्सन हाउस बालाजी फिल्मस् हो । निर्माता एकताले पनि सोनालीको सुन्दरता र लोकप्रियतालाई हेरेर ४ लाख रुपैंयाँ दिँदा आफुलाई कुनै घाटा नहुने बताएकी छन्।

SUBSCRIBE 👉