सबैले मलाई घृणा गरेपनि तिमिलाई वाहवाह गरुन्


pratikshya-sunar-pokharaग्ल्यामर नेपाल, स्रोताहरुमाझ लोक प्रिय भईसकेको आधुनिक गीत ‘सबैले मलाई घृणा गरेपनि’को म्यूजिक भिडियो सार्वजनिक भएको छ। ‘उन्माद’ एल्बममा समावेश यो गीतको भिडियो सामाजिक संजाल यूट्युबबाट सार्वजनिक भएको हो।

सेञ्चुरी सुरेश घमालको शब्दमा दिपक शर्माले संगीत भरेका हुन। शिव परियारको अवाज रहेको गीतको भिडियो रोहन नेपालीले निर्देशन गरेका हुन्। पोखरामा छायााकन भएको भिडियोलाई मिलन शंकरले खिचेका हुन्। भिडियोमा रेम बिक, प्रतिक्षा सुनार र शिव सुनारले अभिनय गरेका छन्।

‘स्रोताहरुबाट भिडियोको अत्याधिक माग भएका कारणले हामीले यो भिडियो ल्याएका हौा ।’ गीतकार घमालले भने-‘दशैाको शुभकामना स्वरुप हामीले यो भिडियोलाई दशैाको छेकोमा सार्वजनिक गरेका हौँ।’ प्राविधिक र स्टोरिलाईनको हिसाबले भिडियोलाई उत्कृष्ट बनाउन खुब मेहेनत गरिएको उनले जानकारी दिए।

यस्तै केहि दिनमा यहि गीतको ‘महिला भर्सन’ भिडियो पनि सार्वजनिक हुने गीतकार घमालले जानकारी दिए। ‘महिला भर्सन’ गीतको भिडियो निर्देशन संचारकर्मी संजोग बस्यालले गरेका छन्।

SUBSCRIBE 👉