बबिनाको सांगितिक क्षेत्रमा जिवन बिताउने चाह


babina-bhattaraiसुमन घिमिरे, उर्लाबारी । ‘हँसाउछौ तिम्रै मर्जी, रुवााउछौ तिम्रै मर्जी आगो झोसी यो छातीमा, रमाउछौ तिम्रै मर्जी….. बोलको गित सार्वजनिक गरेसंगै बिराटनगरकी बबिना भट्टराई खतिवडाको सांगितिक संघर्ष सुरु भईसकेको छ। भन्छिन् “अब म सांगितिक क्षेत्रमै जिवन बिताउनेछु”। खतिवडाको स्वर भरिएको यो डेब्यु गीत हो यो। बबिना भन्छिन् थप गितहरु रेकर्ड गराउादैछु ,चााडै नै बजारमा एलब्म लिएर आउनेछु।

आफ्नो पहिलो गितलाई सोचेको भन्दा पनि धेरै राम्रो प्रतिक्रिया पाएपछि हषिर्त हुँदै बबिनाले भनिन “मैले धेरै मेहनत गरेको छु र निरन्तर मेहनत गरिनै रहनेछु । २०६९ सालमा आशिस खतिवडा संग विवाह बन्धनमा बााधिएकी बबिना बिवाह पछि पनि मेरो सांगितिक यात्रामा श्रीमान्को सधै साथ र सहयोग रहिरहेकेा बताउछिन। उनी भन्छिन् – “कहिले काहीं त उहाँले नै मलाई नजानेको कुरा सिकाईदिनु हुन्छ, घरपरिवार सबैबाट हौषला पाएकालेनै अझै मलाई उत्प्ररेणा मिलेको छ।” सानैदेखि गीतसंगित भनेपछि हुरुक्कै हुने बबिना आफूलाई नेपाली सांगितिक क्षेत्रमा स्थापित गराउान चाहन्छिन्। सरस्वती उच्च मावि इटहरामा अध्ययन गर्दा शिक्षक पौडेलले आफ्नो स्वरको प्रशंशा गरिदिएर सांगितिक क्षेत्रमा अघि बढ्न हौषला बढाई दिएको बबिनाको भनाई छ। गीत संगितलाई रहरको रुपमा नभएर जिवनको रुपमा लिने उनी चाहे जस्तो अवस्था आएपनि सांगितिक क्षेत्रलाई नछाड्ने उनको दाबी छ।

SUBSCRIBE 👉