सुवास र सोनी बने मोडल अफ द इयर


model-of-the-year-2014-award-30ग्ल्यामर नेपाल,काठमाडौं । नेक्स्ट मोडल्स नेपालले राजधानीमा शनिवार आयोजना गरेको ‘मोडल अफ द इयर २०१४’को उपाधि सुवास पराजुली र सोनी खड्काले जितेका छन् । मोडलिङ पेशालाई व्यावसायिक, मर्यादित र व्यवस्थित बनाई विश्व बजारमा नेपाल र नेपालीको पहिचानलाई श्रीवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा दुवैले जनही ५० हजार रुपैंयाँ, ट्रफी प्राप्त गरे । सोनीले ‘मष्ट फोटोजेनिक फिमेल र बेष्ट वाक फिमेल’को विधागत उपाधि पनि चुमिन् ।

प्रतियोगितामा आलोक कार्की ‘मष्ट ट्यालेन्ट’, अमित संगाचे ‘बेष्ट पर्सनालिटी(मेल), सुप्रभा कुँवर‘बेष्ट पर्सनालिटी(फिमेल)’, अभिषेक गिरी ‘मष्ट फोटोजेनिक(मेल), विकास लम्साल ‘मष्ट डिसिप्लिन’, शलेश अधिकारी ‘बेष्ट हेयर मेल’, रोजी भुषाल ‘बेष्ट हेयर फिमेल’, रनधीर शाह ‘मष्ट सिन्सियर’, पञ्कज प्रसुन ‘मष्ट जेन्युन’को विधागत अवार्ड विजेता बने ।

यसैगरी खुशी बस्नेत ‘मष्ट चार्मिङ’, सक्षम श्रेष्ठ ‘बेष्ट वाक मेल’, सोनाम शाही ‘बेष्ट नेशनल कष्ट्युम फिमेल’, निशान चौहान ‘बेष्ट नेशनल कष्ट्युम मेल’, आविश शाक्य ‘बेष्ट स्किन’, मनिष सुन्दर श्रेष्ठ ‘मिष्टर हेण्डसम’, प्रियंका मानन्धर ‘मिस ब्युटीफूल’, श्रीयान्स अदुकिया ‘मष्ट पपुलर मेल’ र अदिती जैसवाल ‘मष्ट पपुलर फिमेल’ घोषित भए ।

नेक्स्ट मोडलका प्रबन्ध निर्देशक सुवाससिंह ठकुरीले विभिन्न जिल्लामा गरिएको अडिसनबाट छनौंट भएका प्रतियोगीलाई फाइनलमा प्रवेश गराई उनीहरुलाई अन्तर्राष्ट्रिय किसिमको कोरियोग्राफी, फोटोग्राफी, व्यक्तित्व विकास, फिटनेस कक्षाहरु, मार्केटिङ स्किलका कक्षाहरुबारे अध्ययन गराइएको बताए ।

SUBSCRIBE 👉