नेशनल भ्वाईसको अडिसन सकियो


National-Voiceग्ल्यामर नेपाल, काठमाडौं । नेपाली गीत सङ्गीतको क्षेत्रमा एउटा छुट्टै आवाजको खोजी नाम दिइएको ‘नेशनल भ्वाईस’ राष्ट्रव्यापी गायन प्रतियोगिताको अडिसन सकिएको छ ।

नेपालीको तन, नेपाली मन र नेपालीकै रोजाई नारा दिइएको प्रतियोगितामा काठमाडौंलगायत देशका विभिन्न ठाउँहरुबाट ८ सय प्रतिस्पर्धीहरुमध्ये बाट १ सय छनोट भएका हुन् । वरिष्ठ सङ्गीत गुरु एव सङ्गीतकार गुरुदेव कामत र सङ्गीतकार विकाश चौधरी, गीतकार शङ्कर अधिकारी ‘घायल’ र म्यूजिक ऐरेञ्जर देवेन्द्र नेवा निर्णयक मण्डल रहेको प्रतियोगिताको संयोजकमा रञ्जितकुमार सहनी, सहसंयोजकमा सुपक वस्नेत, प्रवन्धनिर्देशकमा सविना केसी र कार्यक्रम निर्देशकमा सीमा शाह रहेका छन् ।

लुकेर रहेका गायन प्रतिभाहरुलाई खोजि गरिने मुख्य उद्देश्य रहेको कार्यक्रमलाई आयोजकले नेपाली गीत सङ्गीतमा एउटै छुट्टै आवाजको खोजी भनेको छ । यसको दोस्रो अडिसन तिहार पछि हुने आयोजकले जनाएको छ ।शान्ति इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘नेशनलभ्वाईस’ मा प्रथम हुनेलाई एकल एल्वम, दुईवटा फिल्ममा गीत गाउने अवसर र एक वर्ष सङ्गीत प्रशिक्षण, दोस्रो हुनलेलाई दुईवटा गीत रेकर्डिङ्ग र ६ महिना सङ्गीत प्रशिक्षण तथा तेस्रो हुनेलाई तीनमहिना सङ्गीत प्रशिक्षणलगायत विविध उपहार प्रदान गरिनेछ ।

SUBSCRIBE 👉