माया देखाउँदै आईन् याङजी(भिडियो)


Ayusha-Raiग्ल्यामर नेपाल, काठमाडौं । ‘के हो माया’ भन्दै नेपाली संगीतमा प्रवेश गरेकी गायिका याङजी गुरुङको नयाँ गीती एल्बम ‘राजै २’ बाट ‘यो माया त होनी’ बोलको गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ्र ।

शिवराज गुरुङको शब्द संगीतमा तयार भएको गीतमा गायिका याङजीलाई गायक दिपक लिम्बुले साथ दिएका छन् । शिवराज गुरुङकै निर्देशनमा नविन गुरुङले छायांकन गरेको म्युजिक भिडियोमा आयुषा राई र सन्जीबले अभिनय गरेका छन् । एसियन म्युजिकले बजार व्यवस्थापन गरेको म्युजिक भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन् । याङजी जर्मनीमा बस्ने गैर आवासीय नेपाली हुन् ।

SUBSCRIBE 👉